जुकिपर्स वाइफ

- एजेन्सी

वैशाख ८, २०७४-  

निर्देशक : निकी कारो
कलाकार : जेसिका केस्टिन, जोहान, हेडेनबर्ग, डेनियल ब्रुल आदि । 
सन् १९३० देखि जान जाबिन्स्की पोल्याल्डको राजधानी वार्सास्थित चिडियाखानाका सञ्चालक थिए । आफ्नी श्रीमती र सानो छोरासँग विभिन्न जंगली जनावरहरूको स्याहार गर्दै उनीहरू चिडियाखाना सञ्चालन गरिरहेका थिए । सन् १९३९ को सेप्टेम्बर १ मा दोस्रो विश्वयुद्ध सुरु भयो । विश्वयुद्धको सुरुको दिन नै सैनिकहरूको बम चिडियाखानामा पड्कियो । केही जनावर हताहत भए भने केही मारिए । त्यतिबेला यहुदी सिध्याउन लागि परेका पोल्यान्डका सैनिक शासक वार्सो गेट्टोले देशभर नै युद्धको घोषणा गरे ।

 

जान जाबिन्स्कीले आफ्नो भत्किएको चिडियाखानालाई नै युद्धबाट ग्रसित मानिसहरूको आश्रयस्थल बनाए । जहाँ नाजीदेखि यहुदीहरूले समेत आश्रय लिए । जुन कुरा गेट्टो र उसका सैनिकहरूलाई मन परेन । जान जाबिन्स्की तथा उनकी श्रीमतीमाथि गेट्टोबाट आफ्ना बचेका जनावर तथा आश्रय लिएका मानिसहरूको जीवन बचाउने कर्तव्य आइलाग्यो । यिनै घटनाहरूलाई जान जाबिन्स्कीकी श्रीमती एन्टोनिनाले एउटा डायरीमा लेखेकी थिइन्, जसलाई लेखक डब्ल्यूडब्ल्यू नोर्टनले सन् २००७ मा प्रकाशित गरेका थिए । त्यही पुस्तकमा आधारित भएर तयार पारिएको अंग्रेजी चलचित्र ‘द जुकिपर्स वाइफ’ आज शुक्रबार काठमाडौंमा रिलिज हुँदैछ । 

प्रकाशित :वैशाख ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्