नूर

- एजेन्सी

वैशाख ८, २०७४-  

निर्देशक : सुनिल सिप्पी
संगीत : आरडी बर्मन, अमाल मलिक, बादशाह
कलाकार : सोनाक्षी सिन्हा, कनन गिल, शिवानी दांडेकर, पुरव कोहली एवं मनीष चौधरी आदि । 
एक युवती नूर राय चौधरी मुम्बई जस्तो ठूलो सहरमा एक्लै बस्छिन् । नूरलाई बेलाबखत एक्लोपनले सताउँछ । कोही साँचो माया गर्ने होस् भन्ने उनको चाहना छ । नूर एक टेलिभिजन च्यानलका लागि पार्टी तथा इभेन्ट कभर गर्ने काम गर्छिन् । उनलाई आफ्नो काम तथा आफ्नो जीवनबाट सन्तुष्टि छैन । नूरलाई आफ्नो जीवनको उद्देश्य चाहिएको छ र उत्साह पनि आवश्यक छ ।

 

एकदिन नूरको जीवनमा यस्तो घटना घट्छ, जुन समाजको नजरमा गलत हो । गलत भन्ने थाहा पाउँदा–पाउँदै पनि नूर उक्त घटनाको शिकार हुन्छिन् । त्यो जंजालबाट मुक्त हुन नूरले गरेको संघर्ष नै आज शुक्रबार सार्वजनिक हुने हिन्दी चलचित्र ‘नूर’को मूल विषय हो । बलिउडमा शत्रुघन सिन्हाकी सुपुत्री सोनाक्षीले आफूलाई कुशल अभिनेत्रीका रूपमा परिमार्जित गर्दै गएकी छिन् । गत वर्ष ‘अकिरा’, ‘फोर्स टु’ जस्ता चलचित्रमा आफूलाई फरक ढंगबाट प्रस्तुत गरेकी सोनाक्षीले आज प्रदर्शनमा आउने चलचित्र ‘नूर’बाट आफूलाई अझ फरक देखाउन खोजेको बताएकी छिन् । चलचित्र ‘नूर’मा पुराना दिवंगत संगीतकार आरडी बर्मनको चर्चित गीत ‘गुलाबी आँखे जो तेरी देखी’ लाई रिरेकर्डिङ गरी प्रयोग गरिएको छ ।

प्रकाशित :वैशाख ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्