पोखरा ट्रेड मलमा फेसन शो

- साप्ताहिक संवाददाता

वैशाख ८, २०७४- 

पोखरामा फेसन ट्रेड कार्यक्रम प्रारम्भ भएको छ । यो कार्यक्रमअन्तर्गत हरेक शुक्रबार फेसन शो आयोजित गरिनेछ जुन जेठ २६ गतेसम्म जारी रहनेछ । यो कार्यक्रम अन्तर्गतको पहिलो शोमा अमिसा बराल, एलि थापा, रश्मी पुन, वर्षा शिलवाल, मनिशा हमाल, स्मीता सुनार तथा शैलताज कुवार र्‍यापमा उत्रिए । 

कार्यक्रममा बिग आइकन–२०७३ का विजेता सुवास गुरुङ, दोहोरी गायिका लक्ष्मी नेपालीको सांगीतिक प्रस्तुति, भावना गुरुङको नृत्य एवं उज्वल गुरुङको गजल पनि प्रस्तुत गरिएको थियो । कार्यक्रम पोखरा ट्रेड मल तथा फेसियल हाउसद्वारा संयुक्त रूपमा आयोजना गरिएको हो । 

प्रकाशित :वैशाख ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्