वैशाख ८ गतेदेखि १४ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७४-

मेष

साझेदारीमा थालिएका कार्यले फाइदा पुर्‍याउँदै अन्य अवसरको ढोका खोल्नेछ । रोजगारी तथा पदोन्नति प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । ठूलो लगानीमा सुरु गरिएको व्यवसायबाट प्रशस्त मुनाफा हात लाग्नेछ । प्रेमिकासँगको खटपटमा मौन रहनु नै उपयुक्त हुनेछ । 

 

वृष

बाल्यकालका मित्रलाई मुनाफा हात लाग्ने व्यवसायमा संलग्न गराइनेछ । सामाजिक जिम्मेवारीको कार्य उत्कृष्ट भै चर्चामा आउँदा अभिभावकहरू हर्षले गद्गद हुनेछन् । सवारी साधन खरिद गर्न पारिवारिक मत मिल्नेछ । सेतो रंगको प्रभावबाट थप उपलब्धि हात पार्न सकिनेछ । 

 

मिथुन

मझौला किसिमका लगानीबाट मुनाफा आर्जन गर्न केही समय कुर्नुपर्नेछ । मन पराउने साथीको दोहोरो चालचलनले नैराश्यता उत्पन्न गराउनेछ । नयाँ स्थानको भ्रमणमा खर्चले सताउन सक्छ । सामाजिक क्षेत्रमा कार्य गर्ने अवसर जुट्नेछ । पूर्वतर्फको यात्रा फलिफाप होला ।

 

कर्कट

ढिलो गरी गरिएका जटिल कार्यद्वारा प्रतिष्ठा प्राप्त हुनेछ । विशेष प्रकारका मित्रसँग परिचित हुने अवसर जुट्नेछ । आलोचना गर्नेहरू बढी नै हुने भए पनि तपाईंको दृढताका कारण पराजयको सामना गर्नुपर्नेछैन । कार्य क्षेत्रमा स–साना त्रुटिले मर्यादामा चोट पुर्‍याउन सक्छ ।

 

सिंह

हूलमूलमा धन तथा गहना जोगाउने चेष्टा गर्नुहोला । पारिवारिक खिचातानीका कारण सम्पन्न भैसकेको काम पनि ओझेलमा पर्न सक्छ । पैतृक सम्पत्ति उपयोग गर्दा थप फाइदा उठाउन सकिनेछ । प्रेमसम्बन्धमा सावधानी अपनाउनुमै आफ्नो भलो छ । रातिको यात्रा गर्दा चिसोबाट जोगिने प्रयत्न गर्नुहोला ।

 

कन्या

यो साता कार्य सम्पादन गर्दा विशेष होशियार अपनाउनुपर्नेछ । सामाजिक सञ्जाल तथा भोजभतेरमा समय खर्च होला । परिवारका ज्येष्ठ सदस्यको भूमिकामा विशेष लगानीको वातावरण बन्दैछ । झिनामसिना कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कनु उचित हुन्छ ।

 

तुला

रोकिएका कामको गाँठो फुक्नेछ । कुनै कार्य सम्पन्न गर्दा ढिलाइ नगर्नुहोला, पछि परिने सम्भावना छ । कतिपय अधुरा चाहना पूरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको अन्त्यमा प्रेमिकाले नयाँ प्रस्ताव राख्नेछिन् । सवारी साधन चलाउँदा संयम अपनाउनुपर्नेछ । 

 

वृश्चिक

नयाँ मित्रसँग भ्रमण गर्ने अवसर जुट्न सक्छ । आवेशमा गरिएको कामले उल्टो परिणाम दिन सक्छ । सभा–सम्मेलन, तालिम आदिमा सहभागी हुने अवसर जुट्नेछ । विपरीतलिंगी साथी आफूप्रति आकर्षित भएको अवस्थाले उमंग सिर्जना गर्न सक्छ । पश्चिमतर्फको यात्रा लाभदायक हुनेछ ।

 

धनु

आफन्त तथा छरछिमेकको मांगलिक कार्यमा उपस्थित हँुदा आफ्ना बहुमूल्य सरसामानप्रति विशेष निगरानी राख्नुहोला । कम बोल्दा आफैंलाई फाइदा हुनेछ । जटिल सामाजिक कार्य सम्पन्न गर्न तन, मन तथा धन खर्च गर्नुपर्नेछ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

 

मकर

छात्रवृत्ति तथा प्रतिस्पर्धाबाट प्राप्त उपलब्धिले विदेशको यात्रा तय गर्ने सम्भावना टरेको छैन । सहयोगीहरूले दिएको सुझाव पालन गर्दा लाभ मिल्न सक्छ । विलासिताका सामग्रीको खरिदमा पारिवारिक मत मिल्नेछ । भोज–भतेरमा संयमपूर्वक मनोरञ्जन गर्नुहोला । 

 

कुम्भ

आफन्त तथा अभिभावकको सुझावले तपार्इंलाई व्यवहारिक बन्न प्रेरणा दिनेछ । नयाँ क्षेत्रमा लगानी गरे फाइदा होला । कसैलाई छिट्टै विश्वास गर्ने बानीले पछि परिनेछ । सभा–सम्मेलन तथा तालिममा सहभागी हुने वातावरण सिर्जना हुन सक्छ, जसमा आफ्नो प्रतिभाले उच्च स्थान प्राप्त गर्नेछ ।

 

मीन

पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउँदै धन एवं प्रतिष्ठा दिलाउन सक्छ । प्रतिकूल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन् । आइतबारसम्म समस्या देखिए पनि सोमबारदेखि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । 

प्रकाशित :वैशाख ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्