मिसेज क्विन नेपाल–२०१७ (फोटो फिचर)

- साप्ताहिक संवाददाता

वैशाख ६, २०७४-

वर्ष २०७३ को अन्तिम साँझलाई अविस्मरणीय बनाउने हेतुले इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले गत चैत ३१ गते लाजिम्पाटस्थित होटल र्‍याडिसनमा सौन्दर्य प्रतियोगिता, म्युजिकल कन्सर्ट तथा फेसन शोलाई एउटै मञ्चमा पालैपालो प्रस्तुत गर्ने काम गर्‍यो । प्रारम्भमा थियो विवाहित नारीहरूमा केन्द्रित सौन्दर्य प्रतियोगिता- मिसेज क्विन नेपाल-२०१७, जसमा १६ जना प्रतिस्पर्धीको सहभागिता थियो । उक्त प्रतियोगितामा बालिका अधिकारीले मिसेज क्विन नेपालको उपाधि प्राप्त गरिन् । 

पूर्व मिस नेपाल उषा खड्गीको कोरियोग्राफीमा सञ्चालित मिसेज क्विन नेपाल सम्पन्न भएलगत्तै गायक सविन राई फराओ ब्यान्ड सहित मञ्चमा देखा परे । उनले करिब एक दर्जन गीत सुनाए । कार्यक्रमको उत्तराद्र्धमा रमिता भण्डारीको कोरियोग्राफीमा मोडलहरूले विविध पहिरन प्रदर्शन गरेका थिए । राति अबेरसम्म चलेको उक्त कार्यक्रम अन्तत: डिजे सेसनमा परिणत भएको थियो ।

 

प्रकाशित :वैशाख ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्