असल अधिकारी बने राइजिङ स्टार

- साप्ताहिक संवाददाता

वैशाख ५, २०७४-

 

गत वैशाख २ गते शनिबार प्रज्ञा भवनमा संचालन भएको राइजिङ स्टार नामक बालबालिका सम्बन्धीत प्रतियोगितामा केएमसी स्कूलमा अध्ययरत असल अधिकारी मुख्य उपाधि विजेताका रुपमा चयन भएका छन् । उनले मोस्ट ट्यालेन्टेडको अवार्ड पनि जितेका छन् । कक्षा ९मा अध्ययनरत असल प्रतियोगिताका अन्य ७४ जना सहभागि भन्दा अब्बल ठहरिएका थिए । पुरस्कार स्वरुप उनले नगद पचास हजार पनि प्राप्त गरे । उमेर अनुसार जुनियर तथा सिनियर समूहमा बाँडिएका प्रतिस्पर्धीहरु मध्ये जेशीका सिंखडा सिनियरतर्फबाट फस्र्टरनरअप तथा जुनियरतर्फबाट प्रियाम्सु थापा फस्ट रनरअप भए । प्रतियोगितामा मोस्ट कन्फिडेन्ड अवार्डसहित सेकेण्ड रनरअपमा सिनियरतर्फबाट अनिशा पौडेल भइन् भने मोस्ट ट्यालेन्टेड अवार्डसहित जुनियरतर्फबाट सन्ध्या केसी सेकेन्ड रनर अप भइन् ।

 

क्रियटीभ वल्र्डको आयोजनामा संचालन भएको सो प्रतियोगिताका सम्बन्धमा कार्यक्रम संयोजक तथा प्रबन्ध निर्देशक प्राज्ञ शान्तिराम राईका अनुसार  बालबालिकाहरुको व्यक्तित्व विकास, बौद्धिक विकास र कला प्रतिभाको बिकासले भोलिको सबल राष्ट्र निर्माणमा सघाउ पुर्‍याउन मद्दत पुग्ने विश्वासका साथ यस किसिमको कार्यक्रम आयोजना गरिएको हो । 

प्रकाशित :वैशाख ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्