गुलसनकुमार बन्दै अक्षय

- एजेन्सी

वैशाख ४, २०७४-

अभिनेता अक्षयकुमारले चलचित्र ‘मुगल’ मा संगीत उद्यमी गुलसनकुमारको भूमिका निर्वाह गर्ने भएका छन् । गुलसनकुमारको जीवनमा आधारित उक्त चलचित्रको निर्देशन सुभाष कपुरले गर्नेछन् । फलफूलको जुस विक्रेताबाट करियर थालेका गुलसनकुमार संगीत व्यवसायमा सक्रिय हुँदै बलिउडको उचाइसम्म पुगेका थिए । गुलसनकुमारका छोरा भूषणकुमारका अनुसार ‘मुगल’ मार्फत उनका बुवाको संघर्षको कथा संसारसामु प्रस्तुत गरिनेछ । अभिनेता अक्षयकुमारले गुलसनकुमारको चरित्र निर्वाह गर्न पाउनु सौभाग्यको कुरा भएको बताएका छन् । 

 

प्रकाशित :वैशाख ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्