जातीयताको कुरा गर्नेलाई भोट नदिने

- साप्ताहिक संवाददाता

वैशाख ३, २०७४

 

१.    जातीयताको कुरा गर्नेलाई भोट नदिने ।

२.    जातपातको भेदभाव गर्नेलाई भोट नदिने । दलितले छोएको सार्वजनिक भेलामा नदेखाउनेलाई            भोट नदिने ।

३.    गुटबन्दीमा लागि गुटको प्यादा बनेका मानिसलाई भोट नदिने । 

४.    सबै छोराछोरीलाई डिभी तथा पीआरमा विदेश पठाएका र आफू मात्र नेपाल बसेकालाई भोट              नदिने । त्यस्ता व्यक्तिले यहाँको पैसा विदेश लाने खतरा हुन्छ ।

५.    नेपालको अहित गर्दिनँ भनेर सार्वजनिक शपथ नखाएकाहरूलाई भोट नदिने ।

७.   पुराण लगाएर चन्दा उठाउनेलाई भोट नदिने ।

८.   बहुविवाह गरेकालाई भोट नदिने ।

९.   विदेशी संघ–संगठनमा भएकाहरूलाई भोट नदिने ।

१०.  आफ्नो नगर अथवा गाउँमा बसेकालाई मात्र भोट दिने । पर्यटक उम्मेदवारलाई भोट नदिने ।

११.  नेपाल बन्द गरेर हिँडेकालाई भोट नदिने ।

१२.  पूर्वाधार विकास, कृषिको आधुनिकीकरण एवं शिक्षाको व्यापार रोक्ने, प्राविधिक शिक्षा, सामाजिक       सद्भावका साथै रोजगारी प्रवद्र्धन गर्ने योजना भएकाहरूलाई मात्र भोट दिने ।

(वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको वालबाट) 

 

प्रकाशित :वैशाख ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्