सबिन र अनुको रोमान्समा ‘काउसो’

- साप्ताहिक संवाददाता

वैशाख ३, २०७४-

 

मदन घिमिरेको निर्देशनमा चलचित्र ‘काउसो’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीको रातोपुल स्थित रक हाउस क्याफेमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभ–मुर्हत गरिएको छ । 

बिभिन्न क्षेत्रका ब्याक्तिहरु उपस्थित रहेको कार्यक्रममा कलाकार सविन श्रेष्ठ, पुष्कर राउत, सुरेन्द्र चापागाई, अनु पराजुली लगायतका कलाकारले चलचित्र भित्र रहेने एक दृश्य अभिनय मार्फत दर्शाउदै मुर्हत सर्ट दिए ।

 

मुर्हतमा पत्रकार सानुकाजी श्रेष्ठले क्ल्याप पड्काउदा राजन घिमिरेले नरिवल फुटाए । सटको निर्देशन प्रदिप तिमल्सिनाले गरेका थिए । अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुतिका रुपमा निर्माण हुन लागेको ‘काउसो’ यही १५ गतेबाट फ्लोरमा जानेछ । सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, सनि भट्टराई, शान्ताराम थापा, सुरेन्द्र चापागाई, पुष्कर राउत, रोहिणी मिश्र, रामचन्द्र अधिकारी, रामभक्त श्रेष्ठ, उग्रशेन ढुंगाना, नविन आचार्य, गौतम भण्डारी लगायतको अभिनय चलचित्रमा रहनेछ । 

 

‘काउसो‘का प्रस्तुतकर्ता अर्नभ वस्नेत हुन् भने निर्माता भगवान खत्री रहेका छन् । चलचित्रमा पटकथा, सम्वाद भोजराज देवकोटा, संगीत विकास चौधरी, नृत्य हरिष खनाल, छायााकन रामेश्वर हुमागाई, प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकी रहेका छन् ।

प्रकाशित :वैशाख ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्