पोखरामा अन्तर्राट्रिय स्तरको व्युटी सैलुन

- साप्ताहिक संवाददाता

वैशाख ३, २०७४- 

फेसियल हाउसको नयाँ ब्रान्च पोखरा ट्रेड महल चिप्लेढुङ्गामा खुलेको छ । नयाँ वर्षको अवसर पारेर उद्घाटन गरीएको फेसियल हाउस पोखराको उद्योगपति तथा पुर्व नेउवा संघका अध्यक्ष विन्दुकुमार थापा, नेपाल आषौधी व्यवसायी संघका महा–सचिव दिपक प्रधान तथा फेसियल हाउसका चियरम्यान तथा सिनियर ब्यूटीसियन सुष्मा महराद्वारा उद्घाटन गरिएको छ । ‘फेसियल हाउस ’ काठमाडौं उपत्यका भित्र भएका व्युटी सैलुनहरु मध्यकै उत्कृष्ट सैलुन मध्य पर्दछ भने पोखरामा अन्तराट्रिय स्तरको यो नै पहिलो लेडिज एण्ड जेन्स व्युटी सैलुन हो । उद्घाटनकै अवसर पारेर फेसियल हाउसले फेशन शो समेत गरेको छ । आगामि जेष्ठको अन्तिम सम्म चल्ने फेशन शो “फेशन ट्रेड” नामकरण गरि फेसियल हाउसले सञ्चालन गर्ने छ  । 

फेसियल हाउसले नेपालमा केही नयाा सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ । टाटु रिमुभर लेजर मेसिन , हेयर, व्युटी र स्किन केयर मेसिन कृतिम परेला पत्यारोपन (आईलाईसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मामेन्ट मेकअप, पेयर सिन, डेडलक , मेडिकेयर पेडिकेयर जस्ता थुप्रै नयाा पुस्तामा प्रचलित हुने प्रविधिहरु उपलब्धछ । यी सबै सेवाहरु पोखरा ब्रान्च वाट पनि लिन सकीनेछ । 

 

प्रकाशित :वैशाख ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्