गृह नगरमा जोस्सिए अमृत

- साप्ताहिक संवाददाता

वैशाख २, २०७४- 

घडीमा साँझको सात बज्न केही मिनेट मात्र बाँकी थियो । जिन्स पाइन्ट, जिन्स कोट, खरानी रंगको टिर्सट, सेतो चस्मा अनि लामो फुलेको बाटिएको केशका साथ मंचमा देखिए अमृत गुरुङ । तीन वर्षपछि गृहनगर पोखरामा नेपथ्यले आयोजना गरेको कन्सर्टमा मौसमले पनि साथ दियो । फेरि उठ्नेछ नेपालको दोस्रो संस्करणका रूपमा पोखरामा उक्त कन्सर्ट आयोजित गरिएको थियो । कार्यक्रम दुई घण्टाजति चलेको थियो । उक्त अवसरमा गायक गुरुङले नयाँ तथा पुराना गरी १८ वटा गीत सुनाए ।

कार्यक्रमकै क्रममा गायक गुरुङले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन सबैसँग आग्रह गरे । राम्रो मान्छेलाई भोट हाल्न उनको सुझाब थियो । घुम्न मन पराउने गुरुङले दर्शकलाई देशका विभिन्न भू–भाग घुम्न उत्साहित पनि गरे । 

 

नेपथ्य स्थापनाको २५ औं वसन्त प्रवेशको अवसरमा रजत जयन्ती कार्यक्रमअन्तर्गत पोखरामा उक्त कन्सर्ट आयोजित गरिएको हो । नेपथ्य यो वर्षभरि विभिन्न कार्यक्रम लिएर देशका विभिन्न भाग पुग्ने तयारीमा रहेको नेपालयका अर्पण शर्माले बताएका छन् ।

प्रकाशित :वैशाख २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्