बैशाख १ गतेदेखि ७ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख १, २०७४-

मेष

लगानी गरेअनुरूप भविष्यका निम्ति जग बस्नेछ । रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । मनग्य आम्दानी हुने नोकरी प्राप्त हुन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता विकसित हुनेछ । प्रेमको बन्धनसमेत कसिन सक्छ ।

 

वृष

मुनाफा हात पर्ने व्यवसाय सुरु गर्न साझेदारहरूबीच मत मिल्नेछ । चियोचर्चो गर्नेहरूबाट सावधानी अपनाउनुहोला ।  प्रेमी–प्रेमिकाले पर्यटकीय क्षेत्रको भ्रमण गर्ने प्रस्ताव राख्नेछन् । त्यस्तो अनुरोधलाई सहजै स्वीकार गर्दा विशेष फाइदा हुनेछ ।

 

मिथुन

नयाँ वर्षसँगै रोजगारीको अवसर प्राप्त हुनेछ । साता उत्साहप्रद रूपमा तथा विभिन्न प्रकारका मनोरञ्जक क्रियाकलापमा बित्नेछ । योजनाबिना साथीसँग नयाँ स्थानको भ्रमण गर्दै मिष्ठान्न भोजनको स्वाद लिन पाइनेछ ।

 

कर्कट

मन मिल्ने साथीसँग यात्रा गर्दा फजुल खर्चले सताउनेछ । टाढा रहेका साथीको सुझाव अनुशरण गर्दा गतिलो अवसर हात लाग्नेछ । स्वदेशमै नौला स्थानको भ्रमण गर्दै मनोरञ्जन गर्न पाइनेछ । विपरीतलिङ्गी साथीलाई वचन दिँदा संयम अपनाउनुहोला ।

 

सिंह

यो साता पूर्वतर्फको यात्रा होला । कार्यव्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ, जसलाई शान्त गर्न घरपरिवारलाई पर्याप्त समय दिनुपर्नेछ । मन पराउने तथा प्रेमप्रस्ताव राख्नेहरूसँग सचेत रहनुमै आफ्नो भलाइ छ ।

 

कन्या

मौसमी फेरबदलबाट आइलाग्ने अस्वस्थतामा समय खर्चनुपर्ला । प्रेमी–प्रेमिकासँगको मतभेद पुरानै अवस्थामा फर्कनेछ । भित्रभित्रै चियोचर्चो गर्नेहरूसँग सावधानी अपनाउनुहोला । साताको अन्त्यमा भने रोजगारीको अवसर हात लाग्नेछ ।

 

तुला

मेहनत एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । गरिब तथा असहायहरूलाई गरेको सहयोगले मनको चिन्ता कम गर्नेछ । सिर्जनशील कार्यमा सहभागी हुनुहोला । प्रतिस्पर्धीहरूलाई पछि पार्दै पुरस्कार तथा उपहार प्राप्त गर्ने अवसर जुट्नेछ ।

 

वृश्चिक

सहपाठी मित्रहरूबीच कार्यगत एकता भै नयाँ कार्यको श्रीगणेश हुनसक्छ । ठूलो लगानी गरी व्यवसाय प्रारम्भ गर्दा विदेश यात्राको अवसर जुर्नेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हँुदा विवेक पुर्‍याउनुहोला ।

 

धनु

आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू सलबलाउनेछन् । विपरीतलिंगीको नाटकीय प्रेममा हेक्का राखी अघि बढ्नुहोला । साथीहरूले वचन फेर्दा आफूलाई चोट पुग्न सक्छ । लगानीमा आर्थिक हानि–नोक्सानीको सामना गर्नुपर्ला ।

 

मकर

अध्यात्मिक चिन्तनले समाजसेवातर्फ अभिप्रेरित गर्न सक्छ । पहिलेका कमजोरीहरू सच्याउँदै बिग्रिएको सम्बन्ध पुन: सुमधुर बनाउन सकिनेछ । मन जितेर सजिलै अरूको सहयोग जुटाउन सकिएला । अध्ययन–अध्यापनमा ध्यान केन्द्रित हुनेछ ।

 

कुम्भ

तपाईंको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । प्रेमी–प्रेमिकाहरूले नौलो उपहार प्रदान गर्न सक्छन् । पैतृक सम्पत्ति उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । आवेशमा गरिएको कार्यले परिणामको नजिक पुग्न दिनेछैन ।

 

मीन

मित्र तथा नातेदारहरूसँगको मनोरञ्जनमा शारीरिक थकान महसुस हुनेछ । मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुन सक्छ । यात्रामा खराब आचरण भएका व्यक्तिहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुहोला ।

प्रकाशित :वैशाख १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्