पिडाको छटपटी लीएर शान्तिप्रिय

- साप्ताहिक संवाददाता

चैत्र ३०, २०७३-

गीतकार शान्तिप्रियले ल्याउन लागेको एल्वमका लागी तयार पारीएको तेश्रो गीत ‘मलाई जस्तो छटपटी उनलाई हुन्छ हुन्न होला....’को म्यूजिक भिडियो छायांकन गरिएको छ । गायिका निखीता थापाको स्वरमा सजिएको शान्तिप्रियको यस गीतका संगीतकार भने दीपक शर्मा हुन् भने एरेञ्जर नरेन्द्र बियोगी हुन् । सेन्टिमेन्टल यस गीतलाई पत्रकार तथा निर्देशक सुब्रत आचार्यले म्यूजिक भिडियो निर्देशन गरेका छन् । जया आचार्यले निर्देशक सहायक भएर काम गरेकी छिन् ।

 

गीतमा नयाँ मोडल राज विक्रम थापा र अभिनेत्री खुश्बु खड्काले अभिनय गरेका छन् । बुढानिलकण्ठ वरपर एवं ग्रीन भ्याली रीसोर्ट डाडागाउँमा यो गीतको आकर्षक छायांकन गरिएको छ । गीतका छायांकार सुदिप बराल हुन् । गीतलाई टेकेन्द्र शाहले सम्पादन गर्नेछन् ।

 

गीतकार शान्तिप्रियले प्रेमपिडामा गुज्रेका अथवा विछोड हुन गुगेका जोडीमा समर्पित भावमय गीत भएको बताए । जेठमा प्रकाशित हुने एल्वमका लागी यो गीत तयार पारीएको पनि उनले बताए । शान्तिप्रिय पछिल्ले चरणमा गीत लेखनमा सक्रिय छन् । उनको छक्कापञ्जाको देखन चम्पा गीत यस वर्षको निकै चर्चित भएको पनि थियो । प्रियका अनुसार बैशाखमा म्यूजीक भिडियो आउनेछ ।

प्रकाशित :चैत्र ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्