तपाइको नयाँ वर्षको योजना के छ ?

- साप्ताहिक संवाददाता

चैत्र ३०, २०७३-  

ध्यान शिविर तथा सांगीतिक कार्यक्रममा सहभागिता, आध्यात्मिक क्रान्तिसम्बन्धी पुस्तक–लेखनका साथै आध्यात्मिक यात्रा गर्ने ।
स्वामी सुवासचन्द्र

पहाडको काफल खाएर भारत फर्कने ।
धीरज भण्डारी

नयाँ वर्षमा कम्तीमा तीनवटा देश घुम्ने । नेपालका पूर्वका जिल्ला घुम्ने । फुर्सद मिलाएर जति सक्यो त्यति पुस्तक पढ्ने र चलचित्र हेर्ने । विवाह गर्ने सम्भावना छैन । जे गर्दैछु त्यसमा अझ राम्रो गर्ने । धेरै कुरा सिक्न बाँकी छन् । बुझ्दै सीप हासिल गर्दै जाने ।
जयसिंह महरा

बीएस्सी प्रथम वर्षको परीक्षा उत्तीर्ण गर्ने ।
शिशिर देवकोटा

अरूलाई धेरैभन्दा धेरै खुसी दिन मन छ ।
सूर्यबाबु

सबै नेपाली खुसी भएको हेर्न मन छ ।
एलियन मल्ल

नियमित रूपमा साप्ताहिक पढ्ने ।
नरेश कार्की

बोर्डको परीक्षा आउँदैछ । घुँडा धसेर पढ्नुछ ।
अमृत चौधरी

नयाँ क्यामेरा किन्न मन छ ।
मनीष

केही छैन योजना । भयो भने भनौला । नयाँ साल आउनलाई अझै समय छ ।
नुइङ्मा योङ्हाङ

नयाँ पात्रो किन्ने योजना छ पुरानो पात्रो फालेर ।
समीक्षा

कुनै एउटा नयाँ योजना बनाउने ।
अपरिचित केटो

टेलिभिजनमा जागिर खाने ।
कमल पौडेल

मेला घुम्ने, विभिन्न परिकार खाने तथा अन्य समयचाहिँ अफिसमै बिताउने ।
माधव काफ्ले

नयाँ वर्षमा भोट हाल्ने योजना छ ।
लक्ष्मी शर्मा

विदेश घुम्ने रहर छ ।
रश्मि लुइँटेल

निद्रा पुग्ने गरी सुत्ने ।
अनिल केसी

आफूले किनेका तर पढ्न बाँकी पुस्तकहरू पढ्ने ।
बिपिन

नयाँ वर्षदेखि सामाजिक सञ्जाल कमै चलाउने ।
किशोर

म्युजिक भिडियो वा चलचित्रमा अभिनय गर्ने ।
शरद राई

राम्रो जागिर खाने ।
राजेश्वर

विवाह गर्ने ।
सुनिल विष्ट

नयाँ लुगा किन्ने, नयाँ–नयाँ ठाउँ घुम्न जाने ।
कला

विदेशको ग्रिनकार्ड लिने विचार छ ।
सूर्यमान श्रेष्ठ

व्यापारमा हात हाल्ने सोच छ ।
सुस्मिता

स्टुडेन्ट भिसा लिने, विदेश गएर बस्ने ।
मुकुन्द

कानुन विषयमा भर्ना लिइयो । अब यसैलाई निरन्तरता दिने योजना छ ।
पूनम डाँगी

नयाँ वर्षमा नयाँ के हुनु छ र ? फरक भए पो रमाइलो । उही घिसिपिटी जिन्दगी ।
राजन क्षेत्री

म कम्तीमा ६० वटा पुस्तक पढ्नेछु ।
प्रकाश गुरुङ

कामकाजलाई थाती राखेर भए पनि सिमला घुमिन्छ ।
ओमप्रकाश कुँवर

प्रकाशित :चैत्र ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्