मिस्टर हिमालय (फोटो फिचर)

- साप्ताहिक संवाददाता

चैत्र २७, २०७३-

छैटौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि अशोक महर्जनले जितेका छन् । शनिबार राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा अशोकले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । 

उनले अन्य पाँच तौल समूहका विजेता खेलाडीलाई ओभरअलमा पछि पार्दै मिस्टर हिमालय बन्न सफल भए । अशोकले २ लाख ७५ हजार नगद पुरस्कार जिते । महर्जनले ५५ केजीका कमल भण्डारी, ६० केजीका सुजन तामाङ, ६५ केजीका रोजिन बज्राचार्य, ७० केजीका रामबहादुर दाहाल र ७५ केजी माथिका ग्रिस महर्जनलाई पछि पारेका थिए ।

प्रकाशित :चैत्र २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्