‘जमाना खराब छ’

- साप्ताहिक संवाददाता

चैत्र २७, २०७३-  

गायक सूर्य तिवारीको आवाजमा समावेश ‘जमाना खराब छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा संगीत मिलन जलन र सूर्य तिवारीको छ । राजन इसानले गीतको एरेन्ज गरेका हुन् । गायक तिवारीले यो गीत पोर्चुगलमै बसेर रेकर्ड गराएका हुन् ।

 

श्रीधर पौडेलले यो गीतको भिडियोको छायांकन तथा निर्देशन गरेका हुन् । भिडियोमा मिलन जलन र नायिका तथा मोडल बर्षा  सिवाकोटीले मोडलिङ गरेका छन् । भिडियोमा पौडेलले समयसँगै बदलिएकी एक यूवती र उनलाई प्रेम गर्ने यूवाको कथा भनेका छन् । निशान घिमिरेले भिडियोको सम्पादन गरेका हुन् ।मोडल, संगीतकार तथा गीतकार अहिले लण्डनमा बसोबास गर्दै आएका छन् । उनले अब, तेश्रो गीतको रेकडिङको तयारी सुरु गरेको बताए ।

गीतको म्यूजिक भिडियो :

प्रकाशित :चैत्र २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्