मेकअप ट्रेन्ड्स–२०७४

- साप्ताहिक संवाददाता

चैत्र २७, २०७३

 

आँखाको इनर कर्नर र ब्रो बोनलाई डिफाइन गर्न सफ्ट हाइलाइटर प्रयोग गर्नुपर्छ । मस्काराको दुई कोट लगाउनुपर्छ । लिप्समा वाइन शेड वा बर्गन्डी ग्लस प्रयोग गर्न सकिन्छ । न्यू मिनिमलाइज अर्थात् मिनिमल लुकले क्युट इफेक्ट प्रदान गर्छ । मेट वाइन रेड गोल्डको प्रभावका साथ यसलाई अपर लिपमा प्रयोग गर्नुपर्छ । लोअर लिपमा डार्क चकलेट लिप कलर लगाई त्यसलाई ग्लिटर वा सिमर इफेक्ट प्रदान गर्नुपर्छ। 

 

पप अफ कलर्सले नेचुरल ब्युटीलाई हाइलाइट गर्छ । यो लुकका लागि प्राइमर र फाउन्डेसन प्रयोग गर्न सकिन्छ । न्युड कलरको लिप लाइनर तथा जेल सेमिपेट लिपस्टिकबाट लुकले पूर्णता प्राप्त गर्छ । 

गल्र्स नाइट आउट लुक जहिल्यै ट्रेन्डमा रहन्छ । यो लुकका लागि लिड्सलाई डार्क लुक प्रदान गर्नुपर्छ । त्यसका लागि वाटरलाइनमा कलाज पेन्सिल र लिक्विड लाइनर दुवै प्रयोग हुन्छ । आफ्नो हेयर तथा ब्रोजलाई लाइट तुल्याउन हिचकिचाउनु हुँदैन । ओभर लाइन्ड लिप्सबाट आफ्नो लुक कम्प्लिट गर्नुपर्छ । 

विङ्ग्स लाइनर्स लामो समयदेखि प्रचलित छ । ड्रामा जेल लाइनरलाई आउटर कर्नरमा लगाएर विङ्ग्ड लुक दिनुपर्छ । ब्रो बोनमा हाइलाइटर प्रयोग गर्नुपर्छ । 

 

इलेक्ट्रिक कुल लुक अहिले फेसनमा छ, यसका लागि ब्राइट एन्ड बोल्ड कलर पेलेट प्रयोग गर्न सकिन्छ । आँखालाई ग्राफिक्स लुक दिनुपर्छ । टक्र्वाइज ब्लु कलरको सिमरी लाइनर माथिल्लो लिडमा लगाउन सकिन्छ । जिप्सी वा एनिमल लुक भएको मेकअप पनि अहिले प्रचलित छ । यसका लागि आँखा वरपर वटरफ्लाई वा कुनै एनिमल थिम प्रयोग गर्न सकिन्छ । पेस्टल आइस्याडोलाई दुइवटा सेड्समा प्रयोग गरी आँखालाई हाइलाइट गर्नुपर्छ । 

 

इम्परफेक्ट स्टेट्मेन्ट आइजले स्मार्ट लुक प्रदान गर्छ । यसका लागि जेल लाइनरलाई फाउन्डेसनमा मिक्स गर्नुपर्छ । यसबाट क्रिमी पेस्ट तयार हुन्छ । यो आइस्याडोलाई औंलाले प्रयोग गर्नुपर्छ । यसमा ग्रीन कलरको आइस्याडोको लेयर लगाउनुपर्छ र मस्कारा लगाई लुक कम्प्लिट गर्नुपर्छ । बीच लुक र सनकिस्ड स्किन पनि सधैं फेसनमा रहन्छ । यसका लागि शियर ग्लो फाउन्डेसन तथा स्टिक कंसिलर

प्रयोग गर्नुपर्छ । मेट र ब्रोन्ज्ड लुकले पनि फरक स्टाइल प्रदान गर्छ । यसका लागि गालामा ब्रोन्जर लगाउन सकिन्छ ।

प्रकाशित :चैत्र २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्