सिजीमा नेपाली मन

- साप्ताहिक संवाददाता

चैत्र २५, २०७३-  

चौधरी समूहको सिजी मोबाइल कम्पनीले उत्पादन गरेका स्मार्टफोन पनि नेपालीहरूको रोजाइमा छन् । इओन ब्लेजसिरिजअन्तर्गतका इओन ब्लेज सिक्स तथा इओन ब्लेज प्रो मोडलका साथै ‘इओएन एक्स ४’ इओएन थ्रीजी एवं अष्ट्रो १८३ डब्लु मोडल पनि नेपालीहरूको रोजाइमा छन् । 

 

बजारमा उपलब्ध इओन ब्लेजमा ६ इन्चको एचडी डिस्प्ले छ । यो फोनमा १३ मेगा पिक्सलको रियर तथा सेल्फीका लागि ५ मेगा पिक्सलको क्यामेरा जडान गरिएको छ । यो स्मार्टफोनमा नयाँ प्रविधि र विशेषताहरू पनि छन । ९ हजारदेखि माथिका यो ब्रान्डका मोबाइल धेरैले मन पराएका छन् । मूल्य सस्तो भएकाले पनि निम्नमध्यम वर्गीय उपभोक्ताबीच यो कम्पनीका मोबाइल रोजाइमा परेका हुन् । 

 

प्रकाशित :चैत्र २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्