न्यू @ पोखरा
चैत्र २५, २०७३
नववर्ष महोत्सव
पश्चिमाञ्चल होटल संघले फेवा नववर्ष महोत्सवको आयोजना गरेको छ । चैत ३१ गते पप गायक सुगम पोखरेल एन्ड द भिक्टोरी तथा दार्जीलिङको ब्यान्ड मन्त्रको प्रस्तुतिसँगै नयाँ वर्षलाई स्वागत गरिनेछ । महोत्सवमा चैत ३० गते गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाको प्रस्तुति रहनेछ ।
ओजन फेसन
नववर्ष इभमा ओजन रेस्टुरेन्ट एन्ड बार लेकसाइडमा २० जना मोडलको सहभागितामा तीन सिक्विन्समा फेसन शो हुनेछ ।
माफ पाउँm साँझ
टोल विकास समितिको आयोजनामा पोखराको दमकल मार्गमा ‘माफ पाउँm साँझ–२०७४’ को आयोजना गरिनेछ । कार्यक्रममा प्रीति आलेमगर, जयकुमार परियार, ओम गुरुङ, चिना थापामगर, पदम थापामगर, हास्यकलाकार सुरज भीरखोइरे, डान्सर मुस्कान घले, रविना चालिसे, जादुगर बलराम सरकार तथा कमेडी सिरियल खै कुन्नीका कलाकारहरू सहभागी हुनेछन् ।
प्रकाशित :चैत्र २५, २०७३
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्