चैत्र २५ गतेदेखि ३१ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

चैत्र २५, २०७३-  

मेष

सहकर्मीहरूबीच आफ्नो छवि लोकप्रिय हुँदै गएको अवस्था छ । विदेश भ्रमण हुनसक्छ । प्रेमिकासँगको सम्बन्धमा यदाकदा ठाकठुक परे पनि एक–अर्काबीचको विश्वास मजबुत हुँदै जानेछ । भीडभाडमा यात्रा गर्दा बहुमूल्य सरसामानप्रति चनाखो रहनुपर्नेछ ।

 

वृष
मनग्य लगानी गरी थालिएको कामले उल्टो परिणाम दिँदा निराश उत्पन्न हुनसक्छ । अचानक प्रेमप्रस्ताव प्राप्त हुनसक्छ । साथीहरूसँग भेटघाट भै मनोरञ्जनमा सहभागी हँुदा समय तथा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । साताको अन्त्यमा आर्थिक समस्याले पिरोल्न सक्छ । 

 

मिथुन
सिर्जनात्मक कार्यले जीवनसंगीसाथीको वैचारिक मतभिन्नता समाप्त गर्नेछ । अधुरो रहेको लामो समयदेखिको चाहना पूर्ण हुनेछ । व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त होला । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तै लाभ लिन सकिनेछ । घरायसी व्यवहारमा संलग्न हुँदा सावधानी अपनाउनु पर्नेछ ।

 

कर्कट
आफ्नो धरातल बिर्सिएर अर्काको नक्कल गर्न खोज्दा बढी मूल्य चुकाउनुपर्नेछ । प्रेमिकाको द्वैध मनस्थितिले आफ्नो विचारमा समेत परिवर्तन ल्याउन सक्छ । राज्यस्तरबाट दिइएका जिम्मेवारीप्रति बेवास्ता गर्दा ठूलो नोक्सानीमा परिनेछ । खरानी रंगको पहिरनबाट समस्या निवारण गर्ने ऊर्जा प्राप्त हुनेछ । 

 

सिंह
विरोधीहरूलाई मान–सम्मान गर्दा आफ्नै व्यक्तित्व उचाइमा पुग्नेछ । प्रेमिकाबाट नसोचेको उपहार सहित धन्यवाद प्राप्त हुनेछ । नीलो रंगको पहिरन प्रयोग गरे काममा ऊर्जा प्राप्त होला । हेलचेक्य्राइँपूर्वक गरिएको यात्रामा आर्थिक तथा मानसिक तनावको सामना गर्नुपर्नेछ । 

 

कन्या
धनआर्जन गर्ने अवसर जुट्नेछ । मनमा हौसला बढ्नुका साथै नयाँ काम प्रारम्भ गर्ने प्रेरणा मिल्नेछ । लगानीबाट सन्तोषजनक प्रतिफल हात लागी मान–सम्मानसमेत प्राप्त हुनसक्छ । ठूला व्यक्तिको सुझावअनुरूप समस्या पहिचान गरी तिनको समाधान पहिल्याउन सकिनेछ । 

 

तुला
आफ्नो हैसियत बिर्सिएर अर्काको देखासिकी गर्नाले आर्थिक नोक्सानी बेहोर्नुपर्नेछ । सरकारी तथा निजी क्षेत्रमा अवसरहरू हात लाग्नेछन् । सोमबारपछिका दिनमा सही मार्ग पहिचान गरिनेछ । रातो रंगको पहिरनले करियर निर्माणमा सहयोग गर्न सक्छ । 

 

वृश्चिक
ईष्र्या गर्नेहरूलाई पुरुषार्थद्वारा लोभ्याउन सकिनेछ । मन मिल्ने साथीभाइ फेला पर्नेछन् । मायाको गाँठोसमेत कसिने सम्भावना छ । अवसर हात पार्न स्वयं सक्षम भइनेछ । अर्काको जुक्ति–बुद्धिबेगर काम फत्ते गर्न सकिनेछ । विचार नगरी अरूलाई वचन दिँदा आफैंलाई बेफाइदा हुनसक्छ ।

 

धनु
अरूलाई आकर्षित गर्न सकिनेछ । विपरीत लिंगीहरूबाट प्रेम प्रस्ताव प्राप्त हुनसक्छ, विवेक पुर्‍याएर निर्णय गर्नुहोला । पारिवारिक जमघट वा वनभोजमा रमाउने वातावरण सिर्जना हुनेछ । विलासिताका सामग्री खरिद–बिक्रीमा सावधानी अपनाउनुपर्नेछ । साताको अन्त्यमा स्वास्थ्य प्रतिकूल रहला ।

 

मकर
पारिवारिक सहयोगमा महत्वपूर्ण काम सम्पन्न हुनेछन् । प्रेमी वा प्रेमिकाबाट मनपर्ने उपहार प्राप्त हुँदा मन हर्षित होला । यात्रामा गरिने अनावश्यक खर्चले मानसिक तनाव सिर्जना गर्न सक्छ । खर्च, विवाद एवं उदासीनताबाट टाढै रहनुमा आफ्नो कल्याण छ ।

 

कुम्भ
आफ्नो नौलो परिचय दिन सकिनेछ । गुणस्तरीय व्यवसाय सुरु गर्न साझेदारहरूबीच मत मिल्नेछ । सहयोगीहरूले नै षड्यन्त्र गर्न सक्छन्, सचेतना अपनाउन नसके नोक्सानी बेहोर्नुपर्ला । मनोरन्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

 

मीन
वादविवादका कारण अल्झिएका कामहरू सुचारु हुनेछन् । आकस्मिक भ्रमणमा खराब विचार भएकाहरूसँग भेट हुनसक्छ, सचेत रहनुहोला । प्रतिष्ठामा आँच पुर्‍याउन खोज्नेहरू सक्रिय छन् । आफूभित्रको क्षमता, प्रतिभा प्रदर्शन गरी प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ भने धन आर्जन पनि होला ।

प्रकाशित :चैत्र २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्