गोल्डेन स्टारमा १४

- साप्ताहिक संवाददाता

चैत्र २४, २०७३-

मल्टिमिडियाद्वारा आयोजित नेपाल गोल्डेन आइडल सिजन फोरको फाइनल प्रतिस्पर्धा चैत्र ३१ गते हुँदैछ, जहाँ गायन विधाका ७ जना तथा नृत्य विधाका ७ जनाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । नृत्यतर्फ धुपा दुरा, रियुनिक परियार, साइसा केसी, रञ्जिता तिमिल्सिना, अमृता बूढामगर, सुमिना श्रेष्ठ तथा बन्धना राईबीच प्रतिस्पर्धा हुनेछ भने गायनतर्फ प्रजेशराज वन्सी, योगेश परियार, श्रेया रिमाल, चिराग भट्टराई, अंकुर भट्टराई, रमेश घोताने तथा रमेश नेपालीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अडिसनमा ७२ जिल्लाका ३ हजार ३ सय २० प्रतियोगी सहभागी थिए । 

 

प्रकाशित :चैत्र २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्