मावली गाउँमा गायक पोखरेल

- विद्या राई

चैत्र २४, २०७३- 

गायक सुगम पोखरेलले शनिबार मावली गाउँमा भव्य दसैं मनाए । सांगीतिक कार्यक्रमका सिलसिलामा पहिलोपल्ट मावली गाउँ टेक्न पाएकाले आफूलाई दसंै लागेको पोखरेलले बताए । उनकी आमा भोजपुरकी छोरी भएकीले भोजपुर आफ्नो मावली गाउँ भएको गायक पोखरेलको तर्क थियो । मौसम परिवर्तनका कारण आकाश धुम्म भए पनि पोखरेलसँग रमाउने भोजपुरेलीहरूको कमी भएन । 

 

भद्रगोल टेलिशृंखलाका प्रसिद्ध हास्यकलाकार पाँडे अर्थात् अर्जुन घिमिरे र जिग्री ब्रो अर्थात् कुमार कट्टेल पनि पोखरेलसँगै भोजपुर पुगेका थिए । उनीहरूको व्यंग्यात्मक प्रस्तुतिमा दर्शकहरू पेट मिचिमिची हाँसे । दुवै हास्यकलाकार तथा गायक पोखरेलले स्थानीय निर्वाचन हुनैपर्ने कुरा बताउन पनि भ्याए । सामाजिक विकास संस्था एवं नमुना फुटबल क्लबले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा धरान डान्स सेन्टर, कटुन्जे डान्स सेन्टर भोजपुरका कलाकारले समेत सांगीतिक प्रस्तुति दिएका थिए । उक्त अवसरमा स्थानीय कलाकारहरूले समेत गीत एवं नृत्य प्रस्तुत गरे ।

 

प्रकाशित :चैत्र २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्