फेसबुक म्यासेन्जरमा लोकेसन पनि

- साप्ताहिक संवाददाता

चैत्र २४, २०७३- 

चल्तीको सामाजिक सञ्जाल फेसबुकले म्यासेन्जरमा लोकेसन देखाउन मिल्ने सुविधा थप गरेको छ । एप्पल र गुगल म्यापले लाइभ लोकेसनलाई आफ्नी फिचरमा प्रयोगमा ल्याएपछि फेसबुकले पनि प्रतिस्पर्धाकै लागि यो फिचर आफ्नो म्यासेन्जरमा प्रयोग गरेको हो । म्यासेन्जरमा साथीहरूसंग भेटघाट गर्दा लोकेसनको जानकारी लिन–दिन झन्झटिलो हुने हुँदा पनि यो सुविधाको आवश्यकता देखिएको हो । यसमा आफू रहेको लोकेसन दिएपछि साथीले सही ठाउँ फेला पार्न सक्छन् । यसरी पठाइएको आफ्नो लोकेसन करिब ६० मिनेटसम्म साथीको म्यासेन्जरमा रहन्छ ।

 

लोकेसन पहिले फेसबुक एपको मुख्य विशेषता थियो । सन् २०१४ मा फेसबुकले त्यसलाई अलग्गै एपका रूपमा विकास गर्‍यो भने अहिले म्यासेन्जरमा यसलाई समाहित गरिएको छ । आईएसओ तथा एन्ड्रोइड भर्सनमा उपलब्ध यो एप केही देशमा अझै प्रयोग हुन सकेको छैन । म्यासेन्जरमा टाइप गर्ने बटनको छेउमा लोकेसनको आइकन देखिन्छ, जसमार्फत नेपालमा पनि त्यसको प्रयोग गर्न सकिन्छ।

प्रकाशित :चैत्र २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्