एप्पलले किन निकाल्यो रातो आईफोन

- साप्ताहिक संवाददाता

चैत्र २३, २०७३- 

गत साता एप्पलले आईफोन सेभेन तथा आईफोन सेभेन प्लसलाई रातो रंगमा बजारमा उतार्‍यो । पहिले नै बजारमा उपलब्ध आईफोन र रातो रंगका आईफोनबीच प्राविधिक रूपमा कुनै भिन्नता छैन । ब्राइट चेरी रेड कलरमा आएको आईफोन सेभेन तथा आईफोन सेभेन प्लसमा भिडियो एडिटिङ गर्न मिल्ने क्लिपसमेत राखिएको थियो, जुन पछि मात्र उपलब्ध हुनेछ । त्यसका बाबजुद आईफोनले किन रातो रंगको सेट निकाल्यो भन्ने कौतूहलता अझै बाँकी नै छ ।

 

अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई ‘प्रोडक्ट रेड’ गर्न रेड संस्थाले बेलाबेलामा आग्रह गर्छ । यसरी उत्पादन गरिएको सामग्रीबाट हुने नाफाको केही प्रतिशत उक्त संस्थालाई दिने चलन छ । रेड संस्था एचआईभी/एड्सको क्षेत्रमा कार्यरत संस्था हो, जसको उद्देश्य विश्वबाट एचआईभी/एड्स निर्मूल गर्नु हो । यो संस्थाको आग्रहमा जम्मा भएको रकम ग्लोबल फन्डमा राखेर एचाईभी/एड्स नियन्त्रणमा लगानी गरिन्छ । उक्त फन्डले अहिले सहारा मरुभुमि क्षेत्र वरिपरि एचआईभी/एड्स नियन्त्रणमा काम गरिरहेको छ । सर्वेक्षणअनुसार विश्वका ७० प्रतिशत एचाईभी/एड्स संक्रमित मानिस उक्त क्षेत्रमा छन्।

 

एप्पलले आफ्नो रेड कलरको आईफोनको बिक्रीबाट भएको नाफाको कति प्रतिशत रकम उक्त फन्डलाई प्रदान गर्छ भन्ने कुरा स्पष्ट छैन । अन्तर्राष्ट्रिय बजारमा आईफोन सेभेन १ सय २८ जीबीको ७७ हजार १ सय ४७ रुपैयाँ तथा २ सय ५६ जीबीको ८७ हजार ४ सय ४७ रुपैयाँ पर्छ भने आईफोन सेभेन प्लस १ सय २८ जीबीको ८९ हजार ५ सय रुपैयाँ तथा २ सय ५६ जीबी क्षमताको ९९ हजार ८ सय रुपैयाँ पर्छ ।

प्रकाशित :चैत्र २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्