ह्याप्पी डेज : टीजर रिलिज, प्रदर्शन मिति घोषणा

- साप्ताहिक संवाददाता

चैत्र २२, २०७३-
सिनेमा ह्याप्पी डेजले अफिसियल टीजर रिलिजसहित देश तथा विदेश प्रदर्शन मिति घोषणा गरेको छ । मिलन चाम्सद्धरा निर्देशित रोमकम ड्रामा मंसिर १५ (डिसेम्बर १)मा नेपालमा रिलिज हुनेछ ।निर्माता एवं निर्देशक चाम्सले प्रदर्शन मितिको पुष्टि गरे । लन्डन, अष्ट्रेलिया र हङकङमा भने अगस्ट १ (साउन १७)मा एकसाथ प्रिमियरसहित रिलिज हुने भएको छ ।

 

दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित सिनेमाले बेलायती आइडीवाली युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्ष चित्रण गर्छ । सम्पूर्ण छायांकन बेलायतमै गरिएको छ । साढे दुई करोड रुपैयाँ बजेटमा बनाइएको सिनेमालाई चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । बीपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको फिल्मले निर्माण अगाडिदेखि नै हाइप कमाइसकेको छ ।

 

ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन समावेश छ । चाम्सद्धरा निर्देशित ब्लाइन्ड रक्स अहिले सम्पादन टेबुलमा छ ।

टीजर :

 

प्रकाशित :चैत्र २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्