माया–प्रेम

- साप्ताहिक संवाददाता

चैत्र २२, २०७३

सिर्जना सुब्बा, अभिनेत्री

निकै गहन विषय हो, माया–प्रेम । मलाई लाग्छ, माया–प्रेमबिना संसारमा कसैको अस्तित्व छैन, ठिंग उभिने रूखको पनि । माया–प्रेम नभएको प्राणी ढुंगा नै हुनुपर्छ । मैले नाटकमा काम गरें, चलचित्रमा अभिनय गरेँ । छुच्ची, रिसाहादेखि मायालुसम्मका हरेक चरित्रलाई आफूमा उतारें । मेरा ती सबै चरित्रमा कहीँ न कहीँ माया–प्रेमको भाव हुन्थ्यो । चलचित्र ‘लुट’ र ‘लुट–टु’मा हाकुकालेकी प्रियसी पुतलीको पात्रदेखि ‘डाइङ क्यान्डल’को भाइकी जिम्मेवार दिदी र प्रेमीकी मायालुजस्ता चरित्रलाई पर्दामा जीवन्त तुल्याउन मायाप्रेम नै मुख्य मसला थियो ।

 

माया–प्रेम प्रेमी–प्रेमिकाले मात्र गर्छन् भन्ने अवधारणालाई फराकिलो पार्न सकिएको छैन । म कसैलाई माया गर्छु, जो मेरो पुरुष मित्र हो वा मैले उसलाई दाइका रूपमा लिएकी छु । भेट्दा म उसलाई अँगालो मार्छु र ‘आई लभ यू’ भन्छु भने त्यो माया–प्रेम हो, जुन मैले आफ्नो प्रेमीलाई दिने माया–प्रेमजस्तो कदापि हुँदैन । मलाई माया–प्रेमका अनेकौं अनुभव छन्, जसमा प्रेमीदेखि लिएर आमा, बा, साथी, आफन्तसम्म होलान्, जसलाई मैले निकै माया गरेँ र गरिरहेकी छु । मलाई झट्ट देख्नेहरू कठोर मान्दा रहेछन् । वास्तवमा म भित्रबाट कमलो छु । मलाई आफ्नो काम र मसँग काम गर्ने तथा मेरो कामलाई सपोर्ट गर्ने सबैसंग माया–प्रेम छ र सदा रहनेछ— आई लभ यू अल ।

प्रकाशित :चैत्र २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्