नाइजेरियामा राजेशपायल राईको प्रस्तुती

- साप्ताहिक संवाददाता

चैत्र २१, २०७३-
नेपाली नयाँ बर्षको उपलक्ष्यमा गायक राजेशपायल राईले एनआरएनए नाइजेरियाको आयोजनामा लेगोसमा आयोजित सांगितिक कार्यक्रममा आफ्ना लोकप्रिय गितहरू प्रस्तुत गरेका छन् ।

राईले आफ्ना लोकप्रिय गीतहरु गाएर नाइजेरिया स्थित प्रवासी नेपालीलाई झन्डै तीन घन्टा मन्त्रमुग्ध पारेका थिए । राइले आफुले प्रथम पटक अफ्रिका महादेशमा प्रस्तुती दिन पाएकोमा एनआरएनए र अफ्रिकाका नेपाली प्रती आभार ब्यक्त गरे । कार्यक्रममा लेगोस स्थित अमेरिकी नियोगका कन्सुलर ब्रेन्ट इ ओमडहीले यो कार्यक्रमले मलाई नेपाल र नेपाली संगीत प्रति लोभ्याएको र यस पछिको कुटनैतिक मिसनमा नेपाल जाने बताउनु भयो ।

त्यसैगरि कार्यक्रममा स्वागत गर्दै एनआरएनएका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले नेपाली संस्कृतीलाई एनआरएनहरुले बिश्वका हरेक कुनाहरूमा फैलाइरहेको र अफ्रिकामा पनि यो क्रमले गति लिन थालेकोमा खुशी ब्यक्त गर्न भयो । कार्यक्रममा स्थानिय नाइजेरियन कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । 

 

प्रकाशित :चैत्र २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्