सुवास बने सातौं बिग आइकन

- साप्ताहिक संवाददाता

चैत्र २१, २०७३- 

सैनीकबस्ती लेखनाथका सुवास गुरुङ सातौं बिग आइकन बनेका छन् । दुई प्रतिस्पर्धी चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया गुरुङलाई भोटिङको आधारमा उछिन्दै उनले सातौं सास्करणको बिग आइकनको ताज आफ्नो पोल्टामा पारे।

 

सुवास चौथो बिग आइकनमा पहिलो चरणको अडिसन राउण्डबाटै प्रतियोगिताबाट बाहरिएका थिए । यद्यपी उनले हिम्मत नहारिकन पुन: छैठौं बिग आइकनमा सहभागिता जनाए । अघिल्लो पटक उनी उत्कृष्ट २० राउण्डबाट पुन: बाहिरिए । उनले अठोट भने लिएकै थिए कि, ‘बिग आइकनको ताज कुनै हालतमा जित्छु ।’ तेस्रो पटकमा मात्रै उनी सफल भए । ‘मैले संसार जितेको अनुभव गरेको छु ।’ सुवासले भने । 

 

बिग आइकन भएसागै सुवासले १ लाख ७५ हजार रुपैयाा बराबरको यामाहा स्कुटर र बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर पुरस्कार स्वरुप प्राप्त गरेका छन् । सातौं बिग आइकन अन्तरगत चितवन पटिहानीका सागर आले फस्ट रनर अप भए भने पोखरा संगमटोलकी प्रिया गुरुङ सेकेन्ड रनरअप भईन्। 

 

बिग आइकन घोषणा गरेसँगै साझा पार्टीका परिकल्पनाकार समेत रहेका रवीन्द्र मिश्रले सुवासले ‘निरन्तर प्रयासले नै सफलता मिल्ने’ उदाहरण प्रस्तुत गरेको बताए । उनले अन्य दुई उपविजेताहरुलाई पनि सफलताको शुभकामना दिए ।

प्रकाशित :चैत्र २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्