Teej banner

घरमा खासै खान्नँ

- साप्ताहिक संवाददाता

चैत्र २१, २०७३

 

 नम्रता सापकोटा, अभिनेत्री

  •     खानपिन मेरो पहिलो रोजाइमा पर्छ ।
  •     विशेष गरी दालभात तरकारी (नेपाली खाना) मेरो फेभरेट हो ।
  •     थकाली खाना भनेपछि म हुरुक्कै हुन्छु । त्यही कारणले गर्दा चलचित्रमा काम गर्दागर्दै एकपटक म नराम्रोसँग मोटाएँ ।
  •     अहिले मैले खानपिनमा ध्यान दिन थालेँ, किनभने मेरो मोटोपनको कारण नै अनियन्त्रित खानपिन थियो ।
  •     मेरो फेभरेट रोडहाउस क्याफेको लार्ज पिज्जा म एक्लैले सिध्याउँथेँ, अहिले बाँडेर खान थालेकी छु ।
  •     पहिले बिहान उठ्नेबित्तिकै अन्डा तथा बटरब्रेड खान्थेँ । अहिले कागती हालेर तातोपानी पिउँछु ।
  •     बिहान कालो चियासँग एक–दुईवटा बिस्कुट खान्छु ।
  •     म अचेल घरमा खासै केही खान्नँ ।
  •     दिउँसो मिटिङ प्राय: रेस्टुराँहरूमै हुने भएकाले भोक कन्ट्रोल गर्न सक्दिनँ र मज्जाले खान्छु ।
  •     म पानी र झोल पदार्थ (जुसहरू) अत्यधिक पिउँछु ।
  •     दूध हालेको चिया र कफी बन्द गरिसकेँ ।
  •     खानचाहिँ सबै थोक खान्छु, तर पहिलेजस्तो होइन, अहिले थोरै–थोरै खान्छु ।
  •     साँझको खानामा एक वा दुईवटा रोटीसँग एक कचौरा दाल पिउँछु, त्यत्ति हो ।

प्रकाशित :चैत्र २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्