सामसङको भर्चुअल असिस्टेन्ट

- साप्ताहिक संवाददाता

चैत्र २०, २०७३- 

धेरै ग्याजेट निर्माता कम्पनीले आफ्नो उत्पादन अनुकूलका भर्चुअल असिस्टेन्ट निर्माण गरिरहेका छन् । सामसङले पनि आफ्नै भर्चुअल असिस्टेन्टका रूपमा बिक्सबाई सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । अनुमानअनुसार सामसङले बजारमा ल्याउन लागेको ग्यालेक्सी एसएट तथा एसएट प्लसमा यो प्रविधि जडान हुनेछ ।

 

सामसङको भर्चुअल असिस्टेन्टमा इन्टेलिजेन्ट इन्टरफेसलाई पूर्ण रूपमा प्रयोग गरिएको छ । जसका कारण यसले अन्य भ्वाइस असिस्टेन्टको तुलनामा तीव्र गतिमा काम गर्नेछ । यसमा तीन किसिमका विशेषता छन् । यसको कम्प्लिटनेसले भ्वाइस कमान्डका आधारमा काम गर्छ भने प्रयोगकर्ताले टचमार्फत पनि काम गर्न सक्छन् । यसमा जडान गरिएको कन्टेस्ट अवेरनेसले प्रयोगकर्ताले कुन परिस्थितिमा के चलाउन चाहेको हो भन्ने कुरा अनुमान गरेर चाहिने कुरालाई पहिले नै प्रस्तुत गरिदिनेछ । यसमा रहेको तेस्रो विशेषता भनेको कनेक्टिभ टोलरेन्स हो । यसले प्रयोगकर्ताले गरेको आधा काममा सल्लाह दिनुका साथै समस्या समाधानका उपायसमेत बताउँछ । यो एपलाई सामसङले प्रि–इन्स्टल गरेर प्रस्तुत गर्नेछ भने भविष्यमा त्यसलाई आफ्ना टेलिभिजन सेटहरूमा पनि लागू गर्ने बताइएको छ ।

प्रकाशित :चैत्र २०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्