पलाँस

- साप्ताहिक संवाददाता

चैत्र १८, २०७३-  

निर्देशक : सुवास कोइराला

संगीत : अर्जुन पोखरेल/प्रदीप बास्तोला

कलाकार : रेखा थापा, अयुब केसी, कामेश्वर चौरसिया, प्रकाश घिमिरे, कमलप्यासी देवकोटा आदि ।
केही वर्षअघि एक कार्यक्रमको सिलसिलामा चलचित्र निर्मात्री कृषा चौंलागाई तराईको एक गाउँ पुगेकी थिइन् । जहाँ उनले एउटी महिलालाई भेटिन् । ती महिलाले आफू शिक्षिका भएर पनि कसरी मानव तस्करहरूबाट बेचिएर नगरबधु हुन पुगिन् भन्ने आफ्नो जीवनकथा सुनाएकी थिइन् कृषालाई । त्यही कथालाई अभिनेता अयुब केसीले चलचित्रको कथाको रूप दिएपछि कृषाले निर्माण गरेको चलचित्र ‘पलाँस’ आज शुक्रबार देशभर एकसाथ सार्वजनिक हुँदैछ ।

 

चलचित्र ‘पलाँस’मा रेखा थापाले ती बेचिएकी शिक्षिकाको भूमिका निर्वाह गरेकी छिन् । रेखा गाउँकी शिक्षिका भए पनि समाजका केही नराम्रा व्यक्तिको जालमा परेर नगरबधु बनेको चरित्रका रूपमा प्रभावशाली देखिएकी छिन् । सुवास कोइरालाद्वारा निर्देशित यो चलचित्रमा कामेश्वर चौरसिया नकारात्मक भूमिकामा छन् भने अयुब केसी रेखाकी प्रेमीको भूमिकामा छन् । ‘पलाँस’मा सुसन प्रजापतिको छायांकन, उज्जवल ढकालको सम्पादन, सानुकुमार महर्जनको द्वन्द्व तथा कविराज गहतराजको नृत्य निर्देशन हेर्न पाइन्छ ।

प्रकाशित :चैत्र १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्