जेलमा अपराधीभन्दा बढी सोझासाझा तथा सर्वसाधारण हुन्छन्

- साप्ताहिक संवाददाता

चैत्र १७, २०७३- 

बन्दीहरूको नालीबेली पढ्न पाइयो (फ्रन्टपेज : जेलको अलग संसार) । कतिपयले सिर्जनशील तथा सीपमूलक काम पनि गर्दै आएका छन् । सरकारले उनीहरूलाई सुध्रिने, राम्रो काम गर्ने बाटो खोलिदिनुपर्छ । जेलबाट निस्किएपछि समाजले पनि उनीहरूलाई आम मानिसजस्तै स–सम्मान बाँच्न सक्ने वातावरण दिनुपर्छ ।

ध्रुव पौडेल

एकदमै मार्मिक लेख (समय सन्दर्भ : दामलाई माया गर्ने पुस्ता) । कामलाई माया गर्नेहरू दत्तचित्त भएर काममै ध्यान दिन्छन् । पैसा मात्र खोज्नेले जे पनि गर्छन् । स्वदेशमै श्रम गर्ने चुनौती सामना गर्न सक्ने सामथ्र्य कमैमा मात्र फेलापर्छ ।

लक्ष्मी कोइराला

निश्चय नै सुमित खड्काजीले भनेको कुरा सही हो (जेलभित्रका सांगीतिक कार्यक्रमले ट्रिटमेन्टको काम गर्छ) । जेलभित्र बस्नेहरूका लागि सांगीतिक कार्यक्रमहरूले केही मात्रामा भए पनि ट्रिटमेन्टको काम गर्छ । संगीले तनाव तथा रिस घटाउन सघाउँछ । योग एवं मेडिटेसनका कार्यक्रमहरू आयोजित गर्न सके अझ राम्रो हुन्छ ।

महाबिर अर्याल

क्रिस्टियानो रोनाल्डोले सार्वजनिक गरेका नयाँ डिजाइनका अन्डरगार्मेन्ट आकर्षक छन् (पहिलो विश्व : रोनाल्डोको नयाँ अन्डरवेयर) गर्मीका लागि यस्तै पहिरन उपयुक्त हुन्छन् ।

विद्युत् लामिछाने

फेसबुक फन्डा सधैं रमाइलो छ ।

सुरेन्द्र पोखरेल

ठगीमा संलग्न व्यक्तिहरूलाई छाड्नु हुँदैन (अपराध : भर्चुअल ठगीमा अन्तर्राष्ट्रिय गिरोह) । भर्चुअल ठगीमा संलग्नहरूका लागि सरकारले बेग्लै कानुन तयार पार्नुपर्छ ।

अनु पोखरेल

जेलमा अपराधीभन्दा बढी सोझासाझा तथा सर्वसाधारण हुन्छन् (अन्तर्वार्ता : जेल परेका सबै अपराधी हँुदैनन्) जसको कुनै पहुँच हँुदैन । निर्दोषहरू अन्यायमा परेर तथा शक्तिशाली व्यक्तिको सिकार भएर जेलमा बस्न बाध्य हुन्छन् ।

राजन शिवाकोटी

यो गलत परिपाटी हो (गजुरियल विश्लेषण : भारतविरुद्ध नेपाल बन्द) । नेपाल बन्द गरेर यस्तो समस्या समाधान हुँदैन ।

अनिता न्यौपाने

यस्ता पनि जेल हुँदा रहेछन् (संसारका प्रसिद्ध जेल) † नेपालका जेलमा बन्दीहरू कोचाकोच गरेर बस्नुपर्ने अवस्था छ । हाम्रो मुलुकले विकसित देशबाट कहिले पाठ सिक्ला ?

दीप अधिकारी

साप्ताहिकबिनाको शुक्रबार र नुनबिनाको तरकारी उस्तै लाग्छ मलाई ।

सोझो केटो

मनोरञ्जक समाचार एकै ठाउँमा पढ्न पाइन्छ, त्यसैले साप्ताहिक राम्रो लाग्छ । रंगमञ्चका समाचारलाई अलिक बढी ठाउँ दिए हामी रंगकर्मीहरू पनि हर्षित हुने थियौं ।

भोला अधिकारी

साप्ताहिकमा पठनीय सामग्रीहरू प्रकाशित गरियोस् । बेलाबेला सामान्य विषयमा समेत बहस गरिएको देखिन्छ ।

लम्फू

हो, यसकारण म अरूको स्थान र रफ्तार हेर्दै कहिल्यै अलमलिइनँ (युवा मन : आफैलाई चिन्नु) । म आफूलाई प्रेम गर्छु । मेरो अधिकांश समय म आफ्नै लागि हुन्छ । म एकान्तमा आफ्नै गुण र दोषको समीक्षा गर्छु । मलाई आफ्नै रफ्तारसँग मतलब छ ।

सुदृष्टि गुरुङ

बन्धनमा परेपछि माया शिथिल हुन्छ (यात्रा सन्दर्भ : कथा रोनी र रूपसीको) । सम्बन्धहरू बन्धनमा बाँधिएपछि खुम्चिन थाल्छन् । रोनी र रूपसीको कथा रमाइलो छ ।

प्रमोद

प्रकाशित :चैत्र १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्