रूपान्जेलको जस्तै केश

- एजेन्सी

चैत्र १७, २०७३-  

सन् १८१२ मा प्रकाशनमा आएको जर्मन कथाकी पात्र रूपान्जेलको विशेषता भनेकै उनको केश थियो । त्यति बेला निकै रुचाइएको कथाकी ती पात्रलाई डिस्नेल्यान्डले निरन्तरता दिएपछि पश्चिमी मुलुकका बालबालिकामा रूपान्जेलको बलियो छाप परेको छ ।

त्यही कथाकी पात्र रूपान्जेलवाट प्रभावित एक युवती अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा छाइरहेकी छिन् । लाट्भियाकी २७ वर्षीया एलिया नास्यिरोभाको केश ७ फिट ५ इन्च लामो छ ।

रसियाबाट लाट्भिया आएकी एलियालाई आफ्नो केश कोर्न घण्टौं लाग्छ भने केश नुहाएर सुकाउँदा पूरै दिन बित्छ । २ किलोभन्दा बढी तौलको उक्त केशलाई उनका श्रीमान्ले पनि गौरवका रूपमा लिँदै स्याहार गर्ने गरेका छन् ।

प्रकाशित :चैत्र १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्