रम्भा भइन् मिस इन्डिजिनियस हेरिटेज

- साप्ताहिक संवाददाता

चैत्र १६, २०७३-
आदिवासी जनजातिको मौलिक कला–संस्कृतिको प्रवद्र्धन एवं संवद्र्धनमा योगदान पुर्‍याउनुका साथै युवापुस्तामा यसको महत्वका सम्बन्धमा जानकारी गराउँदै त्यसप्रति उनीहरूलाई जिम्मेवार बनाउने हेतुले गएको वर्ष प्रारम्भ गरिएको ‘मिस इन्डिजिनियस हेरिटेज नेपाल’ शीर्षकको प्रतियोगिताको दोस्रो संस्करण राजधानीमा सम्पन्न भएको छ । प्रतियोगिताको शीर्ष उपाधिमा रभ्ना तन्डुकारले सफलता हात पारेकी छिन् । प्रज्ञाभवनको डबलीमा सञ्चालित उक्त प्रतिस्पर्धामा ४२ जना प्रतिस्पर्धी थिए । उक्त अवसरमा अर्चना प्रधान फस्ट रनर्सअप तथा मलिका बमजन तामाङ सेकेन्ड रनर्सअप घोषित भए । मलिकाले पिक्चर पर्फेक्ट र पब्लिक च्वाइस विधाको एवार्ड समेत हात पारिन् ।

प्यासिफिक इभेन्ट एण्ड म्यानेजमेन्टले आयोजना गरेको यो प्रतियोगितामा सहभागीहरू तेह्रथुमे ढाका बुटिकले तयार पारेको पहिरनमा प्रस्तुत भएका थिए । रोजिन शाक्यको कोरियोग्राफी रहेको यो प्रतिस्पर्धामा पूनम श्रेष्ठ एलिगेन्ट, कविता श्रेष्ठ बेस्ट हेयर, स्मृति राई बेस्ट स्माइल, ममता गुरुङ वेस्ट स्किन, सिमरन श्रेष्ठ बेस्ट अटाएर विधामा विजेता भए । यसैगरी फुरु ल्हामु शेर्पा डिसिप्लिन, मीना श्रेष्ठ फ्रेन्डसिप, निशा लिम्बू पर्सनालिटी, सुजना बूढा मगर चार्मिङ तथा प्रिया लिम्बू ट्यालेन्ट विधामा उत्कृष्ट घोषित भए । उक्त प्रतियोगितालाई गायकद्वय दीपक लिम्बू र रुकमान लिम्बू तथा गायिका निशा पोमु आदि कलाकारले मनोरञ्जक बनाएका थिए ।

 

प्रकाशित :चैत्र १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्