सुष्मा मिसेज चितवन

- विमल खतिवडा

चैत्र १६, २०७३-  

पहिलो पटक आयोजित मिसेज चितवनको उपाधि भरतपुर महानगरपालिका–३ की सुष्मा थापाले जितेकी छिन् । फाइनलमा उनले मिसेज पर्सनालिटी तथा भ्युअर च्वाइस एवार्डसमेत हात पारिन् ।

दाताज इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको यो प्रतियोगितामा रेनु तामाङ फस्ट रनर्सअप तथा आना ढकाल सेकेन्ड रनर्सअप घोषित भए । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरूलाई गाउन सिक्वेन्समा उतारिएको थियो । 

कार्यक्रममा विभिन्न कलाकारले नृत्य प्रस्तुत गरे भने गायिका मीना पोखरेल निरौलाले गीत गाउँदै दर्शकको मन जित्ने काम गरिन् । प्रतियोगितामा १९ जना विवाहित महिलाको सहभागिता थियो, जसमा विभिन्न विधामा एवार्डसमेत प्रदान गरियो । 

 

प्रकाशित :चैत्र १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्