बेनिशा हमालका अति नजिकका सात जना साथी

- साप्ताहिक संवाददाता

चैत्र १५, २०७३-  

अभिनेत्री बेनिशा हमालका अति नजिकका सात जना साथी छन् । आफ्ना बेस्ट फ्रेन्डका बारेमा बेनिशा भन्छिन् :

प्रवीण श्रेष्ठ (संगीतकर्मी/निर्देशक)
आफ्नो काममा एकदमै इमान्दार रूपमा प्रस्तुत हुने ।

रेशु तामाङ (अभिनेत्री)
चलचित्र ‘द विनर’ की यी अभिनेत्री जस्तोसुकै परिस्थितिमा पनि साथीको साथ नछोड्ने स्वभावकी छिन् ।

मिलन चाम्स (निर्देशक)
मिलन नेपाली चलचित्र तथा कलाकारलाई असाध्यै माया गर्ने मान्छे हुन् ।

शीर्षक गुरुङ (इभेन्ट मेनेजर)
आठ वर्ष पुराना मेरा यी साथीमा मानिसलाई खुसी बनाउन सक्ने भरपुर क्षमता छ ।

केकी अधिकारी (अभिनेत्री)
सबैका प्रति समान व्यवहार गर्ने केकीको तुलना अरू कसैसँग गर्न सकिँदैन ।

मीन भाम (निर्देशक)
असाध्यै सकारात्मक सोच भएका मिल्ने साथी हुन्— मीन भाम ।

शकुन्तला शाही हमाल (आमा)
आफ्नै आमाको वर्णन म कसरी गरौं, तर उहाँ मेरो सबैभन्दा नजिकको साथी पनि हुनुहुन्छ ।

प्रकाशित :चैत्र १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्