ढलको पानीबाट बियर

- एजेन्सी

चैत्र १४, २०७३-

अमेरिकाको स्यानडिएगोस्थित देशकै नवौं नम्बरको बियर कम्पनीले ढलको पानी प्रशोधन गरेर बियर उत्पादन गर्न थालेको छ । बियर कम्पनी स्टोन ब्रेविङले ढलको पानीलाई पूर्ण रूपमा प्रशोधन गरेर बियर उत्पादनमा प्रयोग गरेको हो । उक्त कम्पनीले अहिले दैनिक ५ ब्यारेल बियर सोही पानी प्रयोग गरेर उत्पादन गरिरहेको बताइन्छ । उक्त प्रक्रियालाई हालै पानीविज्ञहरूबीच प्रदर्शन गरिएको ‘टाइम्स अफ स्यानडिएगो’ पत्रिकाले जनाएको छ । सन् २०३५ सम्ममा यो प्रशोधित पानीको उपभोक्ता स्यानडिएगोका एकतिहाइ नागरिक हुने अनुमानका साथ त्यसमा थप काम भैरहेको छ । स्टोनका चिफ अपरेसन अफिसर प्याट ट्रेनानका अनुसार अन्य बियर कम्पनीले प्रयोग गर्ने पानीको तुलनामा ढलको उक्त प्रशोधित पानी बढी नै शुद्ध छ ।

 

प्रकाशित :चैत्र १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्