हङकङमा हाईक फर नेपालसँगै एभरेष्ट डे हुने

- साप्ताहिक संवाददाता

चैत्र १४, २०७३-  

हामी उठ्ने छौं फाउण्डेसनको आयोजनामा आगमी २८ मे मा हङकङमा ‘हाईक फर नेपाल’सँगै ‘एभरेष्ट डे’ मनाईने भएको छ । उक्त कार्यक्रममा चलचित्र अभिनेत्री एवं सगरमाथा आरोही निशा अधिकारीले सहभागिसंग हाईकिङ गर्नुका साथै राती आयोजना हुने डिनर कार्यक्रममा सगरमाथा आरोहणका अनुभवहरु सुनाउने भएकि छिन् । 

 

कार्यक्रमबारे जानकारी दिन हङकङ नेपाली महावाणिज्यदूतावासमा फाउण्डेसनले पत्रकार सम्मेलनको आयोजना गर्यो । पत्रकारहरु माझ फाउण्डेसनका संस्थापक तुलसीकुमार गुरुङ र महावाणिज्यदूत कमलप्रसाद भट्टराईले कार्यक्रमको पोष्टर र यूट्यूब प्रोमोशन भिडियो समेत सार्वजनिक गरेका थिए ।  
उक्त अवसरमा संस्थापक गुरुङले महावाणिज्य दुतावास सहित हङकङमा नेपाली संघ–संस्थाहरुको सहयोगमा हुने आयोजनामा वृहत सहभागीता जुट्ने बताउनुभयो । उहाँका अनुसार नेपालको लागी नेपाली एकता कायम गर्न आयोजित कार्यक्रमबाट संकलन भएको रकम नेपालको दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा लगानी गरिने जानकारी दिनुभयो । महावाणिज्यदूत भट्टराईले नेपालीहरुमा एकता कायम गर्न आयोजना गरिन लागेको यो अभियानमा महावाणिज्यदूतावास सहभागी हुन पाएकोमा खुशी ब्यक्त गर्नुभयो । ‘एभरेष्ट डे’ मार्फत विदेशीहरु माझ नेपालको पर्यटन प्रर्वद्धन गर्न विदेशी नागरिक र कुटनैतिक नियोगका ब्याक्तित्वहरुलाई समेत सहभागी गराएर नेपालको प्रवद्र्धन गर्न महावाणिज्य दुतावासले भुमिका खेल्ने उहाँले बताउनु भयो ।
 

यसवर्ष मे २८ का दिन लायन रक कन्ट्री पार्कबाट सुरु हुने हाइकिङ करिब ७ किलोमिटरको हुनेछ । सोही साँझ नाथन रोडस्थित होटल सेराटनमा च्यारिटी डिनर आयोजित हुनेछ । गतवर्ष सोही प्रकृतिको कार्यक्रममा किर्तिमानी सगरमाथा आरोही फुर्वा तेन्जिङ् शेर्पा र गिनिज बुक अफ वल्र्ड रेकर्डमा १४ वटा किर्तिमान् बनाएका थानेश्वर गुरागाई सहभागी थिए । 

प्रकाशित :चैत्र १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्