सुमनलाई मिस चितवनको उपाधि

- विमल खतिवडा

चैत्र १४, २०७३-
शालिमार मिस चितवन–२०१७ को उपाधि भरतपुर महानगरपालिका–१ स्थित रामनगरकी १९ वर्षीया सुमन गुरुङले हात पारेकी छन् । उनले ताजसँगै यामाहाको फेसिनो स्कुटर, नगद र पावर हाउस जिमका तर्फबाट एक वर्षको फ्री शारीरिक व्यायामको सुविधा जित्न सफल भइन् । उनलाई मिस नेपाल अस्मि श्रेष्ठले ताज पहिरिदिइन । प्रतियोगितामा उनीसहित २८ जनाको सहभागिता थियो । त्यस्तै फस्ट रनर्सअपको उपाधि मनीषा भट्टराई, सेकेन्ड रनर्सअप सोयक्षा शर्मा, थर्ड रनर्सअप सुजिता न्यौपाने तथा फोर्थ रनर्सअपको उपाधि उरुषा अधिकारीले हात पारे । 

नारायणगढको सेन्ट्रल पाल्म्स होटलमा शुक्रबार भएको प्रतियोगितामा मनीषा अधिकारीले बेस्ट पर्फमेन्स, मनीषा भट्टराईले बेस्ट स्किन, निशा चौधरीले बेस्ट फिगर, नमुना कार्कीले बेस्ट पपुलर, विनिता लुइँटेलले बेस्ट ड्रेस, प्रान्जिना बिसुरालले बेस्ट कोजेन्टालिटि, सुजिता न्यौपानेले बेस्ट स्माइलको उपाधि पाए । सोनाम तामाङले मिस ट्यालेन्ट, सम्पदा पियाले मिस फ्रेन्डसिप, इरबिन केसीले भने बेूट वाक र मिस फोटोजेनिकको उपाधि हात पारिन । मिस चितवन सुमनले बेस्ट पर्सनालिटी, निशु श्रेष्ठले मिस मल्टिमिडिया र मनिषा अधिकारीले बेस्ट हेयरको उपाधि जितिन् । मिस चितवन सुमनले हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपाल प्रतियोगितामा भाग लिन पाउने छिन । 

ब्राइट नेपालले आयोजना गरेको प्रतियोगितामा थरी–थरीका पोसाकमा सजिएर प्रतिस्पर्धीहरूलाई पालौपालो र्‍याम्पमा उतारिएको थियो । त्यस्तै ड्रेस डिजाइनरहरूलाई समेत र्‍याम्पमा उतारिएको थियो ।

कोरियोग्राफीको काम भने सञ्जित श्रेष्ठले गरेका थिए । पोसाकको संयोजन इन्टरनेसनल मोर्डन फेसन कलेज, नारायणगढले गरेको थियो । यसअघि २०१३ मा आयोजना गरिएको मिस चितवनको उपाधि भने सितोस्ना वनले हात पारेकी थिइन् । कार्यक्रममा रत्ननगर कला मन्दिरका कलाकारको नृत्य र पावर हाउस जिममार्फत प्रस्तुत गरिएको जुम्बा डान्सले दर्शकलाइ थप मनोरञ्जन दिलाएको थियो ।

प्रकाशित :चैत्र १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्