घर नै खान खोज्ने बालिका

- एजेन्सी

चैत्र १४, २०७३-  

बालबालिकाको रुचि गुलियो खानेकुरा खाने नै हुन्छ र उनीहरू त्यस्तै किसिमका खानेकुरातर्फ आकर्षित हुन्छन् । यद्यपि इङ्ल्यान्डको डर्बिकी एक बालिकाकोरुचि भने अरू बालबालिका त के, वयस्क व्यक्तिहरूको भन्दा पनि पृथक् छ । २९ वर्षीया क्लारा बेट्सका अनुसार उनकी छोरीको खानपिनमाथि नियन्त्रण नगर्ने हो भने उनले कुनै दिन घरनै खाने सम्भावना छ ।

 

फराह नाम गरेकी ती बालिकाले ५ वर्षको उमेरमै घरमा भएका विभिन्न वस्तु खाइसकेको उनकी आमाले बताएकी छिन् । फराहले जुत्ता, दराज, कार्पेटदेखि घरको भित्ता समेत खाइसकेकी छिन् । यसरी खाइएका वस्तु उनी सजिलै पचाउन सक्छिन् । यो व्यवहारबाट आजित भएर चिकित्सकलाई परीक्षण गराउँदा फराहमा पिका भन्ने समस्या रहेको पाइयो । यो समस्या भएका व्यक्तिले जे कुरा पनि खान र पचाउन सक्छन् भने यही खानपिनका कारण उनीहरू अल्पायुमै मृत्युवरणसमेत

प्रकाशित :चैत्र १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्