आमाको तिथिमा गीतकार गुरुङको भिडियो

- साप्ताहिक संवाददाता

चैत्र १३, २०७३-

अमेरिका निवासी गीतकार तथा साहित्यकार अम्बिका गुरुङले स्वर्गीय आमा कृष्णकुमारी गुरुङको २० औं पूण्यतिथीका अवसर पारेर काठमाडौंको एउटा वृद्धाश्रममा आफ्ना दुई गीत सार्वजनिक गरेकि छिन् । 

शान्तिनगरस्थित नि:सहाय सेवा सदन तथा जेष्ठ नागरिक आवास गृहमा आयोजित समारोहमा गीतकार गुरुङले गृहमा आश्रित करिव ५० जना वृद्ध–वृद्धालाई भोजन गराउनुका साथै उनीहरुको स्वास्थोपचारका लागि नगद ५० हजार १ सय रुपैयाँ सहयोग पनि गरेकि थिईन् । 

समारोहमा गीतकार गुरुङद्वारा रचित ‘आमा...’ शीर्षकको गीतको अडियो सार्वजनिक गरियो । उक्त गीतमा गायक रामकृष्ण ढकालको स्वर तथा प्रकाश लेप्चाको संगीत रहेको छ । सोही समारोहमा गीतकार गुरुङकै शब्द रचनाको ‘मैले फूल भनेर...’ गीतको म्युजिक भिडियो पनि प्रिमियर गरियो । गायिका रीमा गुरुङ होडाको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो अमेरिकामै निर्माण गरिएको छ, जसको निर्देशन अनिषा के क्षेत्रीले गरेकी हुन् । भिडियोमा अभिनेता राजबल्लभ कोइराला तथा अभिनेत्री सुनिक्षा मैनालीले अभिनय गरेका छन् । भावना उप्रेती क्षेत्रीले पनि भिडियोमा अभिनय गरेकी छिन् । उक्त गीतमा पनि प्रकाश लेप्चाकै संगीत रहेको छ । यो एल्बम गीतकार गुरुङको ‘भाव सागर–१’ एल्बममा समावेश छ । सुरेश दर्पण पोखरेल उक्त भिडियोका छायांकार हुन् भने अनन्त घिमिरेले भिडियो सम्पादन गरेका हुन् ।

मैले फूल भनेरको म्युजिक भिडियो :

प्रकाशित :चैत्र १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्