एक्लिँदै छन् कपिल

- एजेन्सी

चैत्र १३, २०७३

 

चर्चित भारतीय अभिनेता कपिल शर्मा शोबाट उनको समूहका केही सदस्य अलग भएका छन् । कपिल शर्मा तथा समूहका प्रभावकारी कलाकार सुनील ग्रोवरबीचको विवादको प्रसंग सेलाउन नपाउँदै समूहका अन्य दुई कलाकारले पनि शर्माको साथ छाडेका हुन् । चन्दन प्रभाकर तथा अली अजगरले शर्माको शो बहिष्कार गर्ने घोषणा गरेका छन् । 

 

शर्मासँग अब किकु तथा नवजित सिंह सिद्धुमात्र छन् । सुनील ग्रोवरलाई फिर्ता बोलाउन शर्माले सिद्धुको सहयोग लिएका थिए तर उनले स्पष्ट शब्दमा आफू कमेडी विद कपिल कार्यक्रममा नफर्कने बताइसकेका छन् । चन्दनले पनि आफू शोमा नफर्किने निर्णय लिएको बताइन्छ । शर्माको शोमा चन्दनले चिया बेच्ने व्यक्तिको भूमिका निर्वाह गरेका थिए । अलीले भने हजुरआमाको भूमिका निर्वाह गर्दै आएका थिए । ग्रोवर भने डाक्टर महसुर गुलाटी तथा रिन्को भौजीको भूमिकामा थिए । यिनै पात्रका कारण शर्माको कार्यक्रम निकै लोकप्रिय थियो । अस्ट्रेलियामा कार्यक्रम गरेर फर्कने क्रममा शर्माले ग्रोवरलाई पिटेको तथा चन्दनलाई आफ्नो नोकर भनेको आरोप लागेको छ । 

 

प्रकाशित :चैत्र १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्