सुमीको पदार्पण

- साप्ताहिक संवाददाता

चैत्र १३, २०७३- 

सुमी मोक्तान स्थापित मोडल हुन् । सन् २०१२ मा सम्पन्न मिस तामाङ प्रतियोगितामा विजयी भएपछि उनको करियरले गति लिएको हो । पाँच वर्ष सक्रिय मोडलिङ गरेपछि सुमी अब भने चलचित्रमा डेब्यु गर्दैछिन् । अभिनेत्री निशा अधिकारीले निर्माण गर्ने चलचित्र ‘झ्यानाकुटी’ मा सुमी अभिनेत्रीका रूपमा अनुबन्धित भैसकेकी छिन् । सिमोस सुनुवारले निर्देशन गर्ने उक्त चलचित्रमा आफू प्रभावकारी भूमिकामा प्रस्तुत हुने सुमी बताउँछिन् । नृत्यमा पारंगत सुमी अभिनयमा कत्तिको जम्ने हुन्, प्रतीक्षाकै विषय हो । 

प्रकाशित :चैत्र १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्