चैत्र ११ गतेदेखि १७ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

चैत्र ११, २०७३- 

मेष

कार्यक्षेत्रमा प्राप्त विभिन्न जिम्मेवारी सहज रूपमा सम्पन्न हुनेछन् । मन पराउने साथीले मन खोलेर कुरा गर्न सकेका छैनन् ।  कार्य सञ्चालनमा आइलागेका बाधाहरू फुक्नेछन् । सरोकार नभएका कार्यले फजुल खर्च बढाउनेछन् । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ ।

 

वृष

मित्रहरूको विश्वासमा पुन: तुषारापात लाग्न सक्छ, हेक्का राखी विचार आदानप्रदान गर्नुहोला । कुरा काट्नेहरू तपाईंको कमजोरी पहिल्याउन सलबलाउँदैछन् । आफ्नो स्वाभिमानले नै त्यस्तो षड्यन्त्रलाई परास्त गर्न सकिनेछ । साथीहरूसँग मनोरञ्जन गर्दा केही खर्चसमेत बेहोर्नुपर्नेछ ।

 

मिथुन

मन पराउनेहरूले विशेष प्रस्तावका साथ उपहार प्रदान गर्नेछन् । साथीहरूसँग मनोरञ्जन गर्न पाइनेछ । सेवाको भावनाले गरिएका कार्यबाट प्रतिस्पर्धीहरूलाई पछाडि धकेल्न सकिनेछ । साताको प्रारम्भभन्दा अन्त्य बढी लाभदायक छ । हरियो रंगको पहिरनले आफ्नो आत्मविश्वास वृद्धि गर्नेछ ।

 

कर्कट

पूर्वपरिचितमित्रलाई बिर्सिंदै उच्च वर्गको पछि लाग्दा ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ । प्रेमी– प्रेमिकाले मनको कुरा व्यक्त गर्ने मनस्थिति बनाउने सम्भावना छ । राज्यस्तरबाट दिइएको जिम्मेवारीप्रति बेवास्ता गर्दा नोक्सानीमा परिनेछ । खरानी रंगको पहिरनबाट थप ऊर्जा प्राप्त हुनेछ ।

 

सिंह

मनलाई दरिलो बनाएर गरिएको निर्णय आफ्नै हितमा हुनेछ । नयाँ काम हात पर्दा विपक्षीहरू चकित हुनेछन् । असहयोग गर्ने मित्रहरू सहयोग गर्न तत्पर हुनेछन् । साताको अन्त्यतिर सामाजिक भेटघाटले प्रतिष्ठा बढाउनेछ । रातो रंगको सवारी साधन चलाउँदा विशेष फाइदा हुनसक्छ ।

 

कन्या

आर्थिक व्यवहारमा कन्जुस्याइँ गर्ने मित्रहरूले समयको महत्वलाई समेत उपेक्षा गर्नेछन् । मनोरञ्जनमा सहभागी मित्रहरूले आफूलाई समेत अपजसको भागी बनाउलान् । विभिन्न काम तर्जुमा गर्नुपर्ने स्थिति आइलाग्न सक्छ । सवारी साधन चलाउँदा विवेक पुर्‍याउनुहोला ।

 

तुला 

नयाँ अवसर जुटेसँगै सवारी साधन खरिद हुने सम्भावना टरेको छैन । तपाईंको कामले थप प्रयासको अपेक्षा गरेको छ । मन पूण्य कार्यतर्फ आकर्षित हुनेछ । स्वार्थी मित्रहरूले घेरा हाल्न सक्छन् । गरिब तथा अपांगलाई सहयोग गर्दा मन उत्साहित हुनेछ । साताको अन्त्य रमाइलोसाथ बित्नेछ ।

 

वृश्चिक

स्वदेशमै उपलब्धि हात पार्न प्रेमिकाको भूमिका महत्वपूर्ण हुनेछ । आफ्नो उन्नति देख्नेहरू लोभिनेछन् । सवारी साधन तथा भैतिक उपकरणहरू खरिद गर्न अग्रसर भइनेछ । भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ । साथीहरूसँग घुमफिरमा सामेल हुँदा समय तथा स्वास्थ्यको ख्याल गर्नुहोला । 

 

धनु

सतर्कता अपनाउनुपर्नेछ । विवेक पुर्‍याएर कार्य गरे उचित स्थान प्राप्त हुनेछ । अरूका कुरामा विश्वास गरी प्रेमिकाले चित्त दुखाउँदा निराशाले सताउनेछ । सोमबारपछिका दिनमा धेरैले आफूलाई बुझ्नेछन् । भोजभतेरमा विदेशी पाहुनाहरूसँग आकस्मिक भेटघाट हुनसक्छ ।

 

मकर

आफ्नो कार्य दक्षता तथा इमान्दारिताको प्रभावले बिग्रन लागेका कार्य पनि सफल हुनेछन् । सामाजिक हैसियत कायम राख्न जीवनशैलीमा परिर्वतन ल्याउनुपर्नेछ । पारिवारिक भेटघाटले मांगलिक कार्यको मिति निर्धारण गर्नेछ । आम्दानी रामै्र रहे पनि फजुल खर्चले सताउन सक्छ ।

 

कुम्भ

रोजगारी प्राप्त हुने सम्भावना छ । कलाकौशल देखाएर फरक प्रभाव छर्न सकिनेछ । केही दिनको अन्तरमा मायालुसँग भेट हुँदा मन प्रफुल्लित हुनुका साथै ठाकठुकसमेत पर्न सक्छ । वृद्ध–वृद्धाहरूलाई फलफूल तथा वस्त्र सहयोग गर्दा आशीर्वाद पाइनेछ ।

 

मीन

विपक्षीहरूको छलकपट एवं जालझेलप्रति सावधानी अपनाउनुहोला । सुन्तला रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोगी भूमिका निर्वाह गर्नेछ । व्यवसायको क्षेत्रमा नेतृत्व गर्ने अवसर प्राप्त हुनसक्छ । काममा केही अवरोध देखा पर्न सक्छ । रोजगारीको नयाँ अवसर हात पार्न थप मेहनत गर्नुपर्नेछ । 

प्रकाशित :चैत्र ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्