लामो समयसम्म दुस्मनी राख्नु हुँदैन

- साप्ताहिक संवाददाता

चैत्र १०, २०७३- 

प्रियंका कार्कीसँग किशोर नेपालको होली–वार्ता रमाइलो छ ।

निमेश

(उक्त वार्ता वास्तविक नभएर काल्पनिक हो । होलीको महत्त्वपूर्ण पक्ष हास्य–व्यङ्ग्य पनि भएको सन्दर्भमा उक्त लेख लेखिएको हो र त्यसले प्रियंका कार्कीको व्यक्तिगत धारणासँग कुनै सरोकार राख्दैन ।

साप्ताहिक)

होलीमा रङ दल्नेलाई त सरकारले कारबाही गर्छ, तर सत्तामा बसेर रङ बदल्नेलाई कसले कारबाही गर्ने ?

रीमा

धारामा पानी छैन, मेलम्ची आएपछि होली खेलौंला अब । 

बनिता अधिकारी

होलीमय साप्ताहिक रमाइलो लाग्यो । 

प्राञ्जल 

सञ्जय ढुंगानाजीको कुरा मन पर्‍यो (अन्तरवार्ता : होलीले मधेसी–पहाडीको भावना हटाइदियो) । सामाजिक सद्भाव बढाउन होलीले ठूलो भूमिका खेल्छ । हामी सबै मिलेर अघि बढ्नुपर्छ । 

गंगा

अंग्रेजी विषयमा मात्र होइन, अरू विषयमा पनि यही कुरा लागू हुन्छ (अंग्रेजीमा राम्रो नम्बर ल्याउन घोकेर हैन, बुझेर पढौं) । परीक्षामा नम्बर ल्याउन मात्र होइन, बुझेर पढ्दा सधैंभरि काम लाग्छ ।

मनोज थापा

धेरै विद्यार्थीले नेपालीमा कम नम्बर ल्याएको पाइन्छ (नेपाली विषयमा बढी अंक कसरी प्राप्त गर्ने ?) हेलचेक्र्याइँ गर्दा नेपालीमा कम नम्बर आउँछ । स–साना कुरामा ध्यान दिन सके राम्रो नम्बर ल्याउन सकिन्छ । 

अनिता केसी

होली रंगीन बनाउन एप्सहरूले सघाउँछन् । होली एप्ससम्बन्धी सूचना उपयोगी लाग्यो । 

राजेन्द्र

यो लेखमा अरू नाम पनि छुटे (० अफ दि इयर) । निष्पक्ष र सन्तुलित बनाएको भए हुन्थ्यो ।

राज काफ्ले

लामो समयसम्म दुस्मनी राख्नु हुँदैन (छोरीका लागि होली खेल्छु) । यो उचित होइन ।

गणेश खनाल

रमाइलो महोत्सव रहेछ (आलु महोत्सवमा दीपक बज्राचार्य) स्थानीय पर्यटन एवं उत्पादनहरूको प्रचार–प्रसार गर्न यस्ता महोत्सवले सघाउँछन् । 

आशिष

त्यही भएर होला होलीमा ठाउँ–ठाउँमा अश्लील क्रियाकलाप पनि देखियो (वाइल्ड होली) । वास्तवमा केटीहरूले लगाएको होलीको यो सेतो टिसर्टले गर्नुसम्म गर्‍यो । होली यस्तै चीजमा रमाउनेहरूको पर्व हो क्यार । 

बुद्धनाथ पौडेल

वर्षा राउतले सपनामा लोला हानेको त मैले पनि देखेको थिएँ (अनुभव : लोला) । यति भएपछि त सक्किगो नि ।

अशोक

तन्नेरीहरूले होलीका बारेमा व्यक्त गरेको विचार मन पर्‍यो । एक–अर्कामा नजिक बनाउन होलीले सघाउँछ । यद्यपि जोसमा होस गुमाउँदा भने ज्यान गएका उदाहरण पनि छन् । 

मीनकुमार

 

साप्ताहिकले कस्तो वाहियात–वाहियात प्रश्न सोधेको ? (अझै ५–१० वटा लोला हान भन्छु) अलि गतिलो कुरा सोध्नु नि ।

विश्व गौतम

धन्न पानी सर्प परेछ । अरू नै सर्प परेको भए आज तपाईंको तस्बिर पत्रिकाको कुनै पनि कुनामा देख्न पाइँदैनथ्यो (होली : भाङको पेडा) । त्यसैले सर्पको साटो भ्यागुता पक्रनु कुनै डर हुँदैन ।

उमेश भुजेल

यो कुन नयाँ कुरा भयो र ? (होलीमा के गर्दा प्रहरीले पक्राउ गर्छ ?) हरेक वर्ष होलीमा प्रहरीले निकाल्ने विज्ञप्ति यही नै हो । 

श्याम किराँती

प्रकाशित :चैत्र १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्