Teej banner

वजन घटाउन गाह्रो

- एजेन्सी

चैत्र १०, २०७३

चलचित्र ‘सुल्तान’ मा पहलवानको भूमिकाका लागि तौल बढाएका सलमान खानले यसरी तौल घटाउने काम पीडादायक भएको बताएका छन् । सलमानका अनुसार शरीरको तौल बढाउनु तथा केही समयपछि नै त्यसलाई घटाउनु वास्वतमै चुनौतीपूर्ण छ । उनले चलचित्र ‘टाइगर जिन्दा है’ तथा रेमो डिसुजाको नृत्यमा आधारित अर्को एक चलचित्रका लागि तौल घटाउन थालेका हुन् । ‘सुल्तानमा मेरो वजन ९६ किलो थियो, सलमानले भनेका छन्—‘अहिले करिब २० किलो घटाउन सफल भएको छु ।’ ५१ वर्षीय सलमानको नयाँ चलचित्र ‘ट्युबलाइट’ प्रदर्शनको क्रममा छ । 

 

प्रकाशित :चैत्र १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्