आत्महत्या प्रयास पत्ता लगाउँदै फेसबुक

- साप्ताहिक संवाददाता

चैत्र ९, २०७३- 

फेसबुकका कारण धेरैले आत्महत्या गरेको समाचार आउन थालेपछि फेसबुक आफैंले आत्महत्याको प्रयास गर्न लागेका प्रयोगकर्ता पत्ता लगाउने आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्न थालेको छ ।

हाल अमेरिकाका प्रयोगकर्तामा प्रयोग भैरहेको आर्टिफिसियल इन्टेलिजेन्सले कुनै पनि प्रयोगकर्ताले आत्महत्यासँग सम्बन्धित कुनै पोस्टहरू गरेको वा कमेन्ट गरेको कुरा पत्ता लगाएर उसका निकटतम मित्र वा नजिकको हेल्पलाइनलाई जानकारी गराउनेछ । फेसबुकले केही शब्द चयन गरेर मानिसमार्फत गर्दै आएको कार्य धेरै प्रभावकारी हुन नसकेपछि आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोगमा ल्याएको हो । यसले प्रयोगकर्ताले पोस्ट गरेका स्ट्याटस, म्यासेज, तस्बिर तथा कमेन्टलाई सूक्ष्म किसिमले विश्लेषण गर्ने बताइएको छ ।

 

आत्महत्याको प्रयास कम गर्न फेसबुकले आफ्नो फेसबुक लाइभमार्फत पनि जनचेतना जगाउने खालका सन्देशहरू प्रवाह गर्ने बताइएको छ । फेसबुक लाइभमार्फत पनि धेरैले आत्महत्याको प्रयास थालेपछि फेसबुकले यो टुल सार्वजनिक गर्न लागेको हो । यो टुलमा आत्महत्याको प्रयास गर्न खोज्ने कुनै पनि प्रयोगकर्ताले कुनै भिडियो प्रसारण गरिरहेको छ भने हेर्ने दर्शकले उसको निकटतम साथी तथा हेल्पलाइनमा खबर गर्न मिल्ने सुविधा छ । हाल अमेरिकाका प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध यो सुविधा विस्तारै अन्य देशमा पनि पुर्‍याउने फेसबुकले जनाएको छ ।

प्रकाशित :चैत्र ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्