वर्षाको नजर विपिनमाथि

- साप्ताहिक संवाददाता

चैत्र ९, २०७३

 

वर्षा राउत, अभिनेत्रीको

नजर

विपिन कार्की, अभिनेतामाथि

 

अभिनयमा खोट छैन : विपिन आफ्नो पात्र र चरित्रप्रति न्याय गर्न सक्छन् ।

सहज : उनीसँग काम गर्दा निकै सहज महसुस हुन्छ । आफ्नो कारणले अरूको काम पनि सहज होस् भन्ने विचार राख्छन् ।

फोन नउठाउने : अपर्झट परेर कल गर्दा पनि फोन उठाउँदैनन्, काम बितेपछि कल ब्याक गरेर ‘फोन गर्‍या थ्यौ’ भनेर सोध्छन् ।

भुलक्कड : यति बिर्सने बानी छ कि के भन्नु ? कुनै दिन आफैंलाई बिर्सेलान् भन्ने पो छ त ।

पहिरन जे पायो त्यही : पहिरन कस्तो लगाउने भन्ने कुराको वास्ता गर्दैनन्, जे भेट्यो त्यही लगाउने बानी छ ।

डाउन टु अर्थ : बोली–व्यवहार त यति राम्रो छ कि आँखामा राखे पनि नबिझाउने खालको ।

मिठो मुस्कान : आइ लाइक हिज स्माइल ।

चरित्र नदोहोर्‍याउने : नाटक होस् वा चलचित्र, एकपटक निर्वाह गरिसकेको भूमिका अर्थात् चरित्र उनी दोहोर्‍याउँदैनन् ।

 

प्रकाशित :चैत्र ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्