चिहान कक्षा

- एजेन्सी

चैत्र ७, २०७३-  

चीनकी लिउ ताइजीले मृत्युलाई अँगाल्न चाहने र मृत्यु नै सबै समस्याको समाधान हो भन्ने भावना राख्नेहरूलाई लक्षित गरेर चिहान कक्षा सञ्चालनमा ल्याएकी छिन् । सुन्दा जति अनौठो लाग्छ यो कक्षा पनि उत्तिकै अनौठो छ । ताइजीले आफ्नो घर छेउको भिरालो जमिनमा मान्छे गाड्न मिल्ने ६ वटा चिहान बनाएकी छिन् ।

 

कुनै समय जागिर नपाएको अवस्थामा श्रीमान्ले समेत धोका दिएपछि उनले सबै कुराको समाधान मृत्यु हो भन्दै आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । आत्महत्याको प्रयास असफल भएपछि ताइजी अहिले आफ्नो जस्तो भावना उत्पन्न भएर आत्महत्या गर्न खोज्नेहरूलाई बाँच्नु नै समस्याको समाधान हो भन्ने कुरा सिकाउँछिन् । यो कक्षामा सहभागी हुनेहरूलाई मरेपछि गाडेको अवस्थामा राखिन्छ र उनीहरूलाई बाँच्न प्रेरणा मिल्ने कुराहरू सिकाइन्छ । ताइजीको कक्षामा पुग्ने धेरै मानिस मृत्यु कुनै पनि समस्याको समाधान होइन भन्ने कुरा बुझेर फर्कने गरेका छन् ।

प्रकाशित: चैत्र ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्