हर्षिताको विवाह

- एजेन्सी

चैत्र ७, २०७३- 

शाहरूख खानको चलचित्र ‘अशोका’ मार्फत अभिनयमा आएकी अभिनेत्री हर्षिता भट्ट वैवाहिक जीवनमा बाँधिएकी छिन् । अघिल्लो साता उनले युनाइटेड नेसनका सिनियर डिप्लोम्याट आनन्द तिवारीसँग विवाह गरेकी हुन् । दुवैको परिवारका सदस्य तथा केही साथीभाइको जमघटमा उनीहरूको वैवाहिक कार्यक्रम सम्पन्न भएको थियो । उनीहरू दुवै विगत छ महिनादेखि प्रेम सम्बन्धमा थिए । हर्षिताले हालसम्म हासिल, अब तक छप्पन, दिल विल प्यार ब्यार, पेज–३, मिस तनकपुर हाजिर हो, शागिर्द आदि चलचित्रमा अभिनय गरेकी छिन् । 

प्रकाशित :चैत्र ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्